गरिबकाे लागि कानुन, धनीको लागि धाेति?

Read Time:6 Minute, 52 Second

पूर्ण बहादुर राना

भदाै ६, २०८०

निमुखाकाे गल्ति हिरासत
नेताकाे गल्ति विरासत?

गरिखाउ माधव नेपाल र बाबुराम भट्टराई । यसैकाे लागि त कम्युनिस्ट पार्टी खाेलेकाे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सीआईबी)ले ललिता निवास प्रकरणमा भाटभटेनि सुपरमार्केटका सञ्चालक मिन बहादुर गुरूङ र पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह लगायत १८ जनालाई २०८० असार १२ गते अर्थात ५६ दिन देखि हिरासतमा राखेको छ ।

तर उहि ललिता निवास प्रकरणका दुईजना आराेपि पुर्व प्रधानमन्त्रिद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई बयान लिन सिआईबि टाेलि मध्य रातमा उनिहरूकै घर गएका थिए । मध्य राति श्रीमतिसँग तिघ्रा खप्ट्याएर सुतिरहेका नेपाल र भट्टराईलाई सिआईबिले हात मुसार्दै मुसार्दै लेग्राे तान्दै स्पष्टीकरण लिएका थिए रे! एउटै कसुरमा कसैलाई ५६ दिन भन्दा अघिदेखि सिआईबिकाे हिरासतमा राखेर बयान लिने । कसैलाई घरमै गएर जिहजुरि गर्ने? के सिआईबिले ललिता निवास प्रकरणमा भट्टराई र नेपालले गल्ति गरेको हाेकि हाेईन बयानमा केराउन सक्छन्? गल्ति गरेकाे भए कठाेर दण्ड सजायँले छेराउन सक्छन्?

मिन बहादुर गुरूङले हिरासतबाट दिएकाे बयानमा आफु विरूद्ध अरू लाग्दा लड्न सकिने तर राज्य लागेपछि राज्य विरूद्ध लड्न नसकिने बताएका छन् । गुरूङकाे श्रीमती सावित्री, छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र भतिजी सरलामाथि पक्राउ आदेश जारि गरेकाे छ । उनलाई कुन कसुरमा यसरी हिरासतमा राखिएको हो, अहिलेसम्म पनि बुझ्न नसकेकाे बताए ।

गुरूङले सबै जीवन आफ्नै देशमा उद्यमशीलताको विकासमा लगाएकाे बताए । उनले देशभित्र उद्यमशीलता गरेको पुरस्कार जीवनको उत्तरार्धमा राज्यबाट हिरासतकाे पुरस्कार पाएको बताए । गुरूङले पहाडदेखि मधेससम्म भाटभटेनिकाे शाखा विस्तार गरेका थिए । व्यापारले देशलाई जोड्ने कडिकाे रूपमा रहेकाे बताएका छन् । किनकि व्यापारले रोजगारी सिर्जना गर्छ, उत्पादनलाई जोड्छ। र एउटै भावनामा उन्ने काम गर्छ। त्यही मूल मर्म लिएर उनले भाटभटेनीको शाखा विस्तार गरेको बताए । उनले लिएको आँटलाई जनताले पनि साथ दिएकाे बताएका छन् । जनताको भरोसाका कारण उनले सबै ऊर्जा आफ्नै देशभित्रै खर्चिएकाे बताएका छन् ।

सफलता पाउँदै जाँदा उनले विदेशमा स्थापित भएका आफन्तहरुलाई पनि स्वदेश फिर्ता बोलाएर स्वदेशमानै लगानि गर्न पठाएको बताए । उनिहरूले मिन बहादुर सँगै व्यापार गरिरहेका थिए । यहि कुरा मिन बहादुरलाई ठूलो आत्मग्लानी भएको बताएका छन् । उनीहरूले विदेशमा राम्रो व्यापार गरेका थिए । राम्रो पेसामा आबद्ध भएका थिए । राम्रो पैसा कमाई रहेकालाई नेपाल फर्काएर ठुलाे गल्ती गरेकाे मिन बहादुरले महशुस गरेका छन् । मिन बहादुरले व्यापारलाई पारदर्शी बनाएर राज्यको ढुकुटी बलियो बनाएकाे दावि गरेका छन् । मिन बहादुरले भाटभटेनी स्थापना गरेर उच्च, उच्च मध्यम, मध्यम र ठूला व्यवसायीलाई जोडेका थिए ।

लगभग १८,००(अठार हजार) नेपालीलाई राेजगार दिएका मिन बहादुर गुरूङले राज्यलाई सबै तिरो तिरेर जग्गा किनेका थिए । उनले राज्यलाई राजस्व तिरेर जग्गा किने अनि उनि कसरी कसुरदार भए? उनले जग्गा किन्दा जग्गाधनी प्रमाण पुर्जा रहेको र जग्गाधनीकै नाममा मालपाेत कार्यालयमा श्रेस्ता कायम रहेको देखाएको छ । सुरूमा नक्कली मालपाेत श्रेस्ता र जग्गा धनि लालपुर्जा तयार पार्न याेजना बनाउनेलाई कठाेर सजाय हुनुपर्छ । नत्र उद्यमि मिन बहादुर गुरूङहरूलाई मात्रै कारबाही गर्याे भने भविष्यमा उद्यमिहरू आउन सक्ने छैनन् । वा विदेश पलायन हुनेछन् ।

एउटा दृष्टान्त राम भन्ने चाेरले एउटा सुन पसलमा काम गर्ने कामदारहरूसँग मिलेर १० किलाे सुन चाेरे । सुन पसलमा काम गर्नेहरूले ति चाेरलाई सक्कली प्यान र भ्याट बिलसहित किनेकाे देखाई दिए । र त्याे सुन श्याम भन्नेले सस्तोमस्ताेमा पायाे भनेर किने । अनि पछि सुनधनिलाई सुन चाेरि भएको थाहा भयाे । सुन कसले चाेर्याे भनेर प्रहरीलाई उजुरी गरे । प्रहरीले अनुसन्धान गर्दा सुनपसलमा काम गर्ने कामदार र राम भन्ने चाेरले चाेरेकाे र श्यामलाई बेचेकाे थाहा भयाे । प्रहरिले प्रशासनले श्यामलाई मात्रै कारबाही गर्याे । के यहाँ दाेषि सुन किन्ने श्याम मात्रै हाे त?

यदि कारबाही हुने भए नक्कली श्रेस्ता र जग्गाधनी प्रमाण पुर्जा तयार पार्नेहरूदेखि जग्गा बेच्ने र किन्ने कसैलाई छाड्नु हुँदैन । कसैलाई पक्षपात गर्नु हुँदैन । राज्यकाे सम्पत्ति दाेहन गरेका दाेषि हुन् भने यिनका छाला काढ्नुपर्छ । सरकारि जग्गा हिनामिना गर्ने संगठित गिराेहहरूलाई कठाेर सजाय गर्नुपर्छ चाहे प्रधानमन्त्री वा राष्ट्रपति नै किन नहाेस् ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %