पूर्ण बहादुर राना
काठमाणडाै ,भदाै ६ – जातीय मुक्तिका महान नेता स्वर्गिय गोरे बहादुर खपाङ्गि मगरकाे साताैं स्मृति दिवसकाे अन्तिम तयारि बैठक सम्पन्न भएको छ । तयारि बैठकमा गाेरे बहादुर खपाङ्गि फाउन्डेसन केन्द्रीय समिति र जिल्ला समिति महाेत्तरि बिच सम्पन्न भएको हाे ।

खपाङ्गि फाउन्डेसन जिल्ला समिति महाेत्तरिले आफ्नाे सम्पूर्ण जिम्मेवारी मूलतः हल बुक, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र अन्य कार्यक्रममा सहभागीहरूलाई निमन्त्रणा दिने कार्य पुरा गरिसकेको जनाएको छ ।

कार्यक्रम यहि मिति २०८० भदाै ११ गते गाैशला नगरपालिकाकाे कभर्ड हलमा विहान १० बजेबाट सुरू हुनेछ । कार्यक्रमकाे आयाेजक खपाङ्गि फाउन्डेसन केन्द्रीय समिति र सहआयाेजक खपाङ्गि फाउन्डेसन जिल्ला समिति महाेत्तरि रहेकाे छ । अन्तिम तयारि बैठककाे अध्यक्षता फाउन्डेसनका अध्यक्ष हुम बहादुर थापा मगरले गरेका थिए ।
