भदाै ६, २०८०
राज्यसत्ता संवाददाता

काठमाण्डौबाट बाग्लुङ जाँदै गरेको एउटा सार्बजनिक बस आज मलेखु र गजुरीबीच त्रिसुली नदीमा खसेर दुर्घटना ग्रस्त भएको छ । अहिले उद्धार कार्य भैरहेको प्रहरीले जनाएको छ । साे दुर्घटनामा परि ८ जना को मृत्यु भएकाे छ । मृत्यु हुनेमा २ जना महिला र ६ जना पुरूष रहेका छन् । बिस्तृत विवरण आउन बाँकी भने आउन बाँकि रहेकाे छ । चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार जारी ।

पृथ्वी राजमार्गमा बस दुर्घटनाको क्रममा घाइते भएका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । घाइतेमध्ये चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनापछि उद्धारका लागि प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय गजुरीका वरिष्ठ प्रहरी हवल्दार सूरवीर बुमीले जानकारी दिए छन् । साे बस
बुधबार बिहान काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी नजिकै दुर्घटना भएको थियाे ।
घटनास्थलमा अहिले उद्धार भइरहेको छ । बस नदीमा खसेको छ । नदीमा पानीको बहाव बढेकाेले केही बगेको र केही यात्रु बसमै च्यापिएको हुनसक्ने प्रहरीको अनुमान गरेकाे छ । नदीमा पानीको बहाव बढेकाले उद्धारमा कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।