पूर्ण बहादुर राना
काण्ड नहाेस फण्डा

काण्ड
नहाेस लाेकप्रियताकाे फण्डा
भ्रष्टाचारी र तस्करी झन नहाेस उदण्ड
ए प्रचण्ड!
नछाेड काण्डकाे कुण्ड कुण्ड
छाेड्नै हुन्न तस्करका झुण्ड
बाेके बाेक्छ पार्टीको झण्डा
बनेबन्छ राम्रो गर्दा देश रूवाण्ड ।
काण्ड खाेल्दा बरू
आफुनै पर्छ पर्दैन प्रचण्ड?
भनाई छ कानून हुन्छ अन्धा
न्यायका मुर्तिहरू
परेका छन् कि परिबन्ध ।
काण्डलाई गरे दण्ड
फैलिन्छ सुशासनको सुगन्ध
नचलाए न्यायकाे दण्ड
हुनेछ दुर्गन्ध
भन्नेछ प्रचण्ड रण्ड
बेकारमा चलायाे काण्ड
बनायाे प्रचण्डले
चुनावी फण्डा
अनि भन्लाउ चुनावमा
दिएन काङ्ग्रेस र एमालेले
चलाउन न्यायकाे दण्ड
हाेस गर प्रचण्ड
अब पत्याउन्न जनताले अन्टसन्ट ।