खपाङ्गिकाे साताैं स्मृति दिवस भदाै ११ गते गाैशला महाेत्तरिमा सम्पन्न हुने

Read Time:2 Minute, 14 Second

पूर्ण बहादुर राना

२०८० भदाै २

स्वर्गीय गाेरे बहादुर खपाङ्गिकाे साताैं स्मृति कार्यक्रम २०८० भदाै ११ गते गाैशला महाेत्तरिमा सम्पन्न हुने कुरा गाेरे बहादुर खपाङ्गि फाउन्डेसनका अध्यक्ष हुम बहादुर थापाले बताए ।

गाैशलामा कार्यक्रम राख्नुकाे कारण महाेत्तरि जिल्ला खपाङ्गिकाे कर्म थलाे हाे । खपाङ्गिले माध्यमिक तहकाे शिक्षा महाेत्तरि जिल्लाकाे त्रिभुवन माध्यमिक विद्यालयबाट पुरा गरेका थिए । महाेत्तरिमा कार्यक्रम गर्दा त्यहाँका जनताहरूलाई खपाङ्गि बारे पुनर्ताजगी हुने पनि समितिकाे बैठककले ठहर गरेकाे छ ।

स्वर्गीय गाेरे बहादुर खपाङ्गि नेपाली समाजलाई बुझेका समाजवादी नेता हुन् । खपाङ्गिले समाजभित्र रहेका विभिन्न समस्याहरूलाई समाधान हुनुपर्छ र समतामूलक समाज निर्माण गर्नुपर्छ भन्ने उनकाे मुख्य धेय थियाे । समाजमा रहेका सबैखाले विभेद अन्त्य गर्न उनि जिवनभर लागिरहे । सबैखाले विभेद भन्नाले भाषिक विभेद, धार्मिक विभेद, साँस्कृतिक विभेद, आर्थिक विभेद, लैङ्गिक विभेद, जातीय विभेद, क्षेत्रीय विभेद र राजनीतिक विभेद अन्त्य गर्न खपाङ्गिकाे प्रधान पहल रहेकाे थियाे ।

समतामूलक राष्ट्र निर्माणकाे लागि जिवन समर्पण गरेका स्वर्गीय गाेरे बहादुर खपाङ्गिकाे स्मृति दिवस भव्य रूपमा सम्पन्न गर्नका लागि गाेरे बहादुर खपाङ्गि फाउन्डेसनले सबै न्याप्रेमि सचेत नेपाली नागरिकहरूकाे उपस्थितिकाे लागि अपेक्षा गरेकाे छ ।

6 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %