हलाे रूखकाे जरा र ढुङ्गामा अड्किन्छ नेपालमा भ्रष्टाचार र सबै काण्डकाे फाईल पार्टी र नेताकाे जरा(पारा)मा अड्किने भाे ।

Read Time:7 Minute, 26 Second

हलाे अड्काउने र सेपिलाे पार्ने बार्राकाे रूख जरैबाट काटेर फाल्ने सुरमा छु ।

पूर्ण बहादुर राना

२०७७ सालमा लकडाउनकाे बेला बारिमा जाेत्दै म

हाम्राे बारिकाे ठूलाे गराेमा जाेत्दा जहिले पनि हलाे ढुङ्गामा अड्किन्थ्याे । अनि जहिले दु:ख दिन्थ्याे । त्याे ढुङ्गा बर्राकाे रूखमुनि थियाे । त्याे गराकाे ५ भागकाे ४ भाग जाेतेपछि १ भाग बाँकि हुँदा जहिले पनि त्याे ढुङ्गामा मेराे हलाे अड्किन्थ्याे । मैले १२/१३ वर्षदेखि जाेत्न सुरू गरेकाे हुँ । त्यतिबेला मैले त्याे ढुङ्गा निकाल्न सकिन । धेरै वर्षसम्म निकालिन । गाेरूले दु:ख दिएर त्याे ढुङ्गासँग हलाे ठाेकिएर कहिलेकाँहि हलाेकाे टाेंड(फालि राख्ने ठाउँ) नै भाँचिने गर्थ्याे । कहिले काँहि करूवा फुत्किने गर्थ्याे । मैले खुर्पाले क्वाक्थ्यें । कहिलकाँहि मैले लठ्ठीले क्वाक्थें। तर निकाल्न सक्दिनथें । बल्लबल्ल गाेरूलाई फकाएर पज भन्दै हलाे निकाल्थें । पजकाे अर्थ गाडिलाई ब्याक(Back) वा रिभर्स(Reverse) गरे जस्तै । पछि अँग्रेजि पढ्दा पज(Pause) काे अर्थ एकछिन राेकिने भनेर थाहा पाएँ । गाेरू जाेत्दा ह, पज, हाेहाेरपज भन्ने भाषा प्रयाेग गर्छ ।

पछि म जवान भएपछि याे ढुङ्गा कति ठुलो रहेछ भनेर मलाई आैधि जिज्ञासा भयाे । एकदिन त्यहि गराेमा जाेत्दैगर्दा मैले माहिला काकासँग सब्बल मागेर लगें । जाेत्दै जाँदा हलाे त्यहि ढुङ्गामा गएर ठाेकियाे र हलाे अड्क्याे । त्यसपछि मैले सब्बलले खनेर त्याे ढुङ्गा निकाले र फालें । ढुङ्गा अचकालिनै ठूलाे त रहेनछ । तर उचाल्न हम्मेहम्मे परेकाे थियाे । त्याे बारिमा मेराे बाजे, बाबा, काकाहरू र अन्य खेतलाहरूले जाेते तर कसैले निकाल्न प्रयास गरेकाे रहेनछ । पछि म जवान भएपछि मैले निकालेर फ्याँके । अहिले त्यसमा ठाउँमा हलाे अड्किदैंन । बारि जाेतेर सकिने बेलामा अर्थात एकदुई सियाे जाेत्न बाँकि हुँदा खेरि बर्राकाे रूखकाे जरामा मेराे हलाे अड्किने गर्छ । पहाडतिरकाे बारिकाे कुनामा त्यति खेतिबालि हुँदैन । र बर्रा र घाँसका बाेटहरू गाईवस्तुलाई खुवाउन चाहिन्छ भनेर काटेर फाल्दैन् । किसानहरूले रूख बिरूवाहरू पाल्छन् ।

प्रायः जाेतेर भ्याउने बेला अर्थात अन्तिम सियाेतिर रूखकाे जरामा हलाे अड्किन्छ । अब साेंच्दैछु त्याे हलाे अड्काउने र सेपिलाे पार्ने बार्राकाे रूख जरैबाट काटेर फाल्ने सुरमा छु ।

अहिले देशमा भ्रष्टाचारकाे फाईल मेराे बारिकाे ठूलो गरामा जाेत्दा ढुङ्गा र अन्तिम सियाे तिर बर्राकाे रूखकाे जरामा हलाे अड्केझैं भ्रष्टाचारको अन्तिम फाईलकाे छानबिन पनि विभिन्न ठूला पार्टी र ठूला नेताकाे जरामा गएर अड्किने गरेकाे छ ।

. बुढिगण्डकिकाे भ्रष्टाचारकाे फाईल

बुढिगण्डकिकाे फाईल खाेल्याे भने शेर बहादुर देउवा, केपि ओलि र प्रचण्डसँग गएर अड्किन्छ ।

. काेशि र गण्डककाे फाईल

काेशि, गण्डककाे फाईल खाेले काङ्ग्रेस पार्टीको जरामा गएर अड्किन्छ ।

३. महाकाली र टनकपुरकाे फाईल

महाकाली र टनकपुरकाे फाईल खाेल्याे भने काङ्ग्रेस, एमाले र राप्रपा पार्टीको रूखकाे जरामा अड्किन्छ ।

४. नक्कली भुटानी शरणार्थी काण्डकाे फाईल

नक्कली भुटानी शरणार्थी काण्डकाे फाईल खाेल्याे भने शेर बहादुर देउवाकाे श्रीमती आरजु राणा र मञ्जु खाँडकाे जरामा गएर अड्किन्छ ।

५. सुन काण्डकाे फाईल

सुन काण्डकाे फाईल खाेल्दा पुर्वसभामुख कृष्ण महरा, राहुल महरा र वर्षमान पुन, गृहमन्त्री र राजस्व विभागकाे प्रमुखकाे जरामा गएर अड्किएकाे छ ।

६. ओम्नि काण्ड, गिरि बन्धु टि स्टेट

ओम्नि काण्ड, गिरि बन्धु टि स्टेट काण्डकाे फाईल खाेल्दा ओलि र एमाले पार्टीको जरामा अड्केकाे समाचार छ ।

७. वाईडबडि काण्डकाे फाईल

वाईडबडि काण्डकाे फाईल खाेल्दा काङ्ग्रेस पार्टीका देउवा, एमाले पार्टीका ओलि, माओवादी पार्टीका प्रचण्डकाे जरामा गएर अड्केकाे छ ।

८. क्यान्टाेनमेन्टकाे फाईल

क्यान्टाेनमेन्टकाे फाईल खाेल्दा प्रचण्डकाे जरामा गएर अड्किन्छ ।

९. बालुवाटार काण्डकाे फाईल

बालुवाटार काण्डकाे फाईल खाेल्दा अन्तिम चरणमा फाईल पुर्व प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपालकाे जरामा गएर अड्केकाे छ ।

१०. गाैर काण्ड
गाैर काण्डकाे फाईल खाेले जनता समाजवादी पार्टी र यस पार्टीका अध्यक्ष उपेन्द्र यादवकाे जरामा अड्किन्छ ।

अब याे देशमा भईरहेकाे भ्रष्टाचार र अन्य काण्डकाे फाईल खाेल्दा अड्काउने ढुङ्गा, जरारूपि काङ्ग्रेस, एमाले र माओवादी पार्टीहरूलाई जनताले जरैबाट काटेर हुन्छकि, खनेर हुनेछ कि वा उखेलेर हुन्छ जरैदेखि फ्याँक्नुपर्छ ।

जबजब सिआईबिले भ्रष्टाचारकाे फाईल, सुन काण्ड, वाईडबडि काण्ड, एनसेल काण्ड, ठूलाठूला परियाेजनकाे काण्ड, नक्कली भुटानी शरणार्थीकाे फाईल खाेल्छ तबतब याे तीन ओदाने नेता देउवा, ओलि र दाहाल भेट हुन्छन् । छलफल गर्छन् । र छलफलबाट भ्रष्टाचार र अनियमितताका काण्डहरू अन्त्य र निर्मुल गर्ने निर्णय नगरि छल(ठग्ने) गर्छन् । त्यसैले यि छल अर्थात धाेका दिन पल्केका प्रचण्ड, ओलि र देउवाहरूले छलफल नगरे हुन्छ । किनकि छलफलले सहि निकासकाे फल दिएन । बरू छलफलले धाेका(छल) काे फल दियाे ।

अब नेपाली जनताले साेंच्ने कि!

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %