मित्रहरु भगवती पाण्डे ‘शीतल’ले अन्तर्वार्ताको क्रममा तामाङ, मगर, मुस्लिम लगायतका समुदायलाई पूर्वाग्रहबाट प्रेरित भई नियोजित रुपमा लक्षित गरि प्रचलित ऐन कानुन विपरित, कपोकल्पित, भ्रमपुर्ण, निराधार अभिव्यक्तिले तामाङ, मगर, गुरुङ्ग र मुस्लिम लगायतका सिङ्गो समुदायका भावना, आत्मसम्मान र स्वाभिमानमा अक्षम्य क्षति पुग्नुका साथै सिङ्गो समुदायलाई अपराधी करार गरि, अमानवीय भेदभाव, छुवाछुत, अपमानजनक र बहिष्कारण जन्य व्यवहार गरि, भ्रम सिर्जना गरि सिङ्गो समुदायको संस्कृति, परम्परा, रीति तिथि समेतलाई खलल पार्ने र जातीय सद्भाव, सु-सम्बन्धमा खलल गरि जातिय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने गम्भीर आपराधिक कार्य निजले गरेकी छिन् I
नेपालको संविधानले नै आत्मसाथ गेरको मान्यता भनेको विविधता बीचको एकता हो र तामाङ, मगर, गुरुङ्ग र मुस्लिम लगायतका समुदायको र निजको समुदायको अ-आफ्नै विशिष्ट मौलिक संस्कृति, संस्कार, परम्परा, प्रथा, रीति तिथि, मूल्य मान्यता आदि रहेकोमा कति संस्कृति, संस्कार, परम्परा एक अर्कामा परस्पर मेल खाइनरहेका हुन सक्छन् I
मानव सामाजिक प्राणी हो भने महिला र पुरुष जैविक यथार्त हो त्यसै गरि नाता सम्वन्ध (kinship) सामाजिक संस्था र सामाजिक यथार्त हो I
यस्ता संस्कृति, संस्कार, परम्परा आदि विविधतालाई सम्बोधन हुने गरि मुलुकी अपराध संहिता, २०७४ को भाग-२ परिच्छेद-११ विवाह सम्बन्धी कसूरको दफा १७२ उपदफा (१) अनुसार परम्परा अनुसार चली आएको विवाह जस्तै तामाङ, मगर लगायतमा हुने नाता सम्वन्ध (kinship) ‘फुपु चेला मामा चेली’ कुटुम्बेरी नाताका आधारमा विवाह गरे गराए त्यस्ता विवाहलाई हाडनाता करणी भनिदैन I
निजका अनुसार निजको समुदायमा आमा तर्फा ५ पुस्ता बुवा तर्फा ७ पुस्ताको फरक भए पछी मात्रै विवाह गर्न मिल्दो रहेछ अर्थात उक्त ५ र ७ पुस्ता पछि ‘दाजु बहिनी’को नाता सम्बन्ध स्वत ‘कुटुम्बेरी नाता’ सम्वन्धमा परिणत हुँदो रहेछ र त्यसो भन्दा कम पुस्ता फरक भएमा व्यक्ति विच ‘दाजु बहिनी’को नाता सम्बन्ध नै भएको मानिदो रहेछ र विवाह गर्न वर्जित (taboo) मानिदो रहेछ तर तामाङ, मगर र गुरुङ्ग लगायतमा ७ पुस्ता मात्र होइन १०० पुस्ता फरक भए पनि नाता सम्बन्ध ‘कुटुम्बेरी नाता’ सम्वन्धमा परिणत हुदैन त्यसैले त्यस्तो अवस्थामा विवाह गर्न वर्जित (taboo) मानिन्छ र उनीहरु विचको नाता सम्बन्ध ‘दाजु बहिनी’को भएको नै मानिन्छ I
निजको अभिव्यक्ति विपरित पूर्वीय दर्शन, हिन्दु धर्म शास्त्र, परम्परा, ऐन कानुन आदिमा आधारित विवाहको विषयमा पनि कुनै एक रुपता छैन I
निजले भ्रम (misinformation) फैलाई यस समुदायमा ‘दाजु बहिनी’को विचको विवाह नभई परा पुर्व काल देखि चली आएको परम्परा ‘फुपु चेला मामा चेली’ कुटुम्बेरी नाता जस्तै तामाङ्गमा सम्दि सम्दिस्या, मगरमा साली भेना र गुरुङ्गमा सोल्टी सोल्टिनी नातामा विवाह हुन्छ र हुने हो I
प्रचलित कुनै ऐन कानुनले बर्जित नगरेको तामाङ, मगर, गुरुङ्ग र मुस्लिम लगायतका समुदायको विशिष्ट मौलिक परम्परा र ‘कुटुम्बेरी नाता’ सम्वन्धका आधारमा हुने विवाह विरुद्ध अतिरन्जित गरि, भ्रम फैलाई, कुलषित भावनाले नियोजित रुपमा निजले यस सिङ्गो समुदायको भावना र आत्मसम्मानमा चोट पुग्ने गरि, समुदायको संस्कृति, परम्परा, रीति तिथि समेतलाई खलल पार्ने गरि, अमानवीय भेदभाव, छुवाछुत, अपमानजनक र बहिष्कारण जन्य व्यवहार गरि सिङ्गो समुदाय माथी सिलसिलावार प्रहार गरि आफ्ना अभिष्ट पुरा गरेता पनि यस्ता अभिव्यक्ति प्रचलित ऐन कानुन बमोजिम दण्डनीय रहेको छ I
निजले भने जस्तो तामाङ, मगर र गुरुङ्ग लगायतका समुदायमा ‘दाजु बहिनी’ विचमा विवाह नै हुदैन र हुदै नहुने ‘दाजु बहिनी’ विचमा विवाहबाट जन्मेको सन्तानहरु पशु सरह, हिंसक, मुर्ख, एकोहोरो, विवेकहिन आदि हुन्छन् भन्ने भनाई आधारहीन र दुराशय युक्त छ I
अनुसन्धानले के पुष्टि गर्दछ भने नजिकको सम्बन्ध विच भएको विवाह भन्दा टाढाको सम्बन्ध जस्तै ७ पुस्ता पछि भएको विवाहबाट जन्मने बच्चामा जन्म जात आनुवांशिक समस्याहरु तुलानात्माक रुपमा कम हुन्छन् भन्ने मात्रै हो र टाढाको सम्बन्ध जस्तै ७ पुस्ता पछि भएको विवाहबाट जन्मने बच्चामा जन्म जात १०० % आनुवांशिक समस्याहरु रहित हुन्छन् भन्ने पनि होइन I
१९ सौ शताब्दी तिर सेसारे लोम्ब्रोसो (Cesare Lombroso) द्वारा प्रतिपादित अपराध शास्त्रको सिद्धान्त ‘Born Criminal’ पनि जैविक निर्धारणवाद (biological determinism) मा आधारित नश्लिया रंगभेद सिद्धान्त (scientific racism theory) नै हो जसको लक्ष्य गोरा जातिहरु अनुकुल दर्शन, ज्ञान विज्ञान, सिद्धान्त र मान्यता आदि द्वारा गोरा जातिहरुको विश्वमा सर्वोच्चतावाद (supremacy) स्थापित गर्नु पनि थियो I
लोम्ब्रोसोद्वारा प्रतिपादित सिद्धन्ताका अनुसार महिला पुरुष भन्दा निम्न स्तर (inferior) का हुन् I आनुवांशिक समस्याका कारण अपराधी र मानसिक पतन तर्फ उन्मुख भएको परिवारमा जन्मेका व्यक्ति पनि अपराधी नै हुन्छ भन्ने उनको दावी थियो I अपराधीहरुको प्राय विषेशता (criminal type) शारीरिक बनावट बाँदर (apes) जस्तै हुन्छ अनि उनीहरको शारीरिक र मानसिक अवस्था अविकसित प्राचिन (primitive) मानवको जस्तै भएकाले उनीहरु आफूले आफैलाई कमरुपमा मात्र नियन्त्रण राख्न सक्छन्, उनीहरु नैतिकवान हुदैनन्, उनीहरुमा सहानुभूति हुदैन, उनीहरु हिंसाक आदि हुन्छन् त्यसैले अपराध गर्छन् भनि विचार प्रतिपादन गरेका थिए I
त्यसै गरि लोम्ब्रोसोको ‘Atavism’ सिद्धान्तले गोरा जाति वा नश्लको सभ्यतालाई उन्नत, विकसित, आधुनिक सभ्य र सु-संस्कृत तर अरु मानव समुदायको सभ्यतालाई पिछडिएको, जङ्गली, असभ्य भनि प्रतिपादित गरेका थिए I
निजका अनुसार यस समुदायमा ‘गलत विवाह’का कारण जन्मने सन्तानमा आनुवांशिक तत्वमा समस्या भएका कारणले त्यस्ता सन्तानहरु पशु सरह, हिंसक, मुर्ख, एकोहोरो, विवेकहिन आदि हुने र सोका कारणले यस समुदायका व्यक्तिहरु अपराध कार्यमा संग्लग्न हुन्छन् र आनुवांशिक तत्वका समस्याका कारणले नै यिनीहरु अपराधी भएका हुनाले यिनीहरू समाजका लागि खतरामा हुन् भन्ने निजको विचार विज्ञानद्वारा गलत सावित गरिएको मानवता र नैतिकता विरोधी लोम्ब्रोसोको सिद्धान्तमा आधरित विचार भएको र जुन मिथ्या पूर्ण, अमानवीय अपमानजनक र बहिष्कारण जन्य, समुदायको भावना, आत्मसम्मान र स्वाभिमानमा अक्षम्य चोट पुग्ने खाल्को हुनका साथै नेपालको प्रचलित ऐन कानुन अनुसार कसुर भनि आकर्षित नै नहुने परिस्थितिमा पनि कानुनी राज्यको अवधारणा विपरित अदालतको क्षेत्रधिकारलाई चुनौती दिने गरि सिङ्गो समुदायलाई अपराधी ठहर गर्नु गम्भीर फौजदारी कसुर हो I
लोम्ब्रोसो Eugenics पनि विश्वास राख्दथ्यो I Eugenics सिद्धान्तका अनुसार कसैको आनुवांशिक तत्वमा खरावी छ भने त्यस्ता व्यक्तिहरु यस संसारमा बाच्न योग्य छैनन् त्यसैले उनीहरुलाई समाप्त पारिनु पर्छ I Eugenics वादीहरुले कथित नश्लको सुधारले समाजका अपराध र सामाजिक समस्याहरु हटाउन सकिन्छ भन्नेमा विश्वास राख्छन् I त्यसै गरि लोम्ब्रोसो कथित स्वस्थ्य आनुवांशिक तत्व भएका व्यक्तिहरुले योजनावद्ध तरिकाले नश्लीय सुधार (racial improvement) गरि उत्कृष्ट मानव (perfect human) निर्माण गर्नु पर्छ भन्ने विचार सँग सहमत थिए I
Eugenics जस्ता नश्लिया रंगभेद सिद्धान्त (scientific racism theory) का कारण २० सौ शताव्दीमा नाजी (Nazi Germany) ले नश्ल शुद्धता ‘Rassenhygiene’ (racial hygiene) अभियान संचालन गरि तल्लो अशुद्ध नश्ल (lower contaminate races) भनिएका व्यक्तिहरुका अनैच्छिक बंध्याकरण (involuntary sterilization) गरि दिएका थिए साथै नश्लीय शुद्धता गर्ने नाममा लाखौ ज्युज (jews) हरुको नारसंहार (genocide) गरिएको इतिहास नै साक्षी छ I
Eugenics वादीको विचार जस्तै निजले समाजमा तामाङ, मगर, गुरुङ्ग र मुस्लिम लगायतका समुदायको आनुवांशिक तत्वमा समस्या भएको यस समुदायका कारणले गर्दा समाजमा अपराध बढेको साथै समाजको सु-व्यवस्था कायम गर्न कथनमा मुलुकी अपराध संहिता, २०७४ को भाग-२ परिच्छेद-११ विवाह सम्बन्धी कसूरको दफा १७२ उपदफा (१) को प्रावधान खारेज गरि तामाङ, मगर, मुस्लिम लगायतका समुदायमा हुने परम्परागत ‘कुटुम्बेरी नाताका’ आधारमा हुने विवाहलाई कानुनत अपराधीकरण गर्ने गराउने वातावरण निर्माण गरि यस समुदायको अस्तित्व र पहिचान सङ्कटमा पर्ने नियोजित जघन्य षड्यन्त गरेको देखियो I
जसरी हाल २१ सौ शताव्दीमा आएर वदनाम (discredited), मिथ्यामा आधारित ज्ञान विज्ञान (pseudoscientific) र खण्डनीय (refutable) हुन् भनि पुष्टि भई सकेका सिद्धान्त र विचारलाई लिएर निजले कानुनी राज्यको अवधारणा विपरित अदालतको क्षेत्रधिकारलाई चुनौती सिङ्गो तामाङ, मगर, गुरुङ्ग र मुस्लिम लगायतका समुदायलाई अपराधी ठहर गर्नुका साथै यस समुदायको विवाहका गलत र अवैज्ञानिक भएका कारणले नै यस समुदायको जन्म जातै आनुवांशिक तत्वमा समस्या रहेकाले उनीहरु पशु सरह, हिंसक, मुर्ख, एकोहोरो, विवेकहिन आदि भएकाले उनीहरु अपराधी हुन्छन् आदि भनि अभिव्यक्ति दिएकी तर त्यसको ठिक विपरित निजको सुमदायको विवाह एकदम वैज्ञानिक भएको कारणले नै उनीहरु जन्म जातै विवेकशील, बुद्धिमान, असभ्य, सु-संस्कृत हुन्छन् र त्यस कारण उनीहरु अपराध गर्दैनन् आदि भनि निजले दिएकी आशयजन्य अभिव्यक्ति अमानवीय र प्रचलित ऐन कानुन अनुसार स्वत: दण्डको भागी छिन् I
२० सौ शताब्दी अघि सम्म विश्वमा गोरा जातिहरुले नश्लिया पूर्वाग्रह (racial prejudice) युक्त नश्लिय रंगभेद सिद्धान्त (scientific racism theory) का नाममा कला जातिहरु र एशियनहरु जन्म जातै एकोहोरो, बुद्दु, मुर्ख, असभ्य, जङ्गली आदि हुन्छन् तर त्यसको ठिक विपरित गोरा जातिहरु जन्म जातै विवेकशील, बुद्धिमान, असभ्य, सु-संस्कृत आदि हुन्छन् त्यसै गरि कला जातिहरु र एशियनहरु गोरा जातिहरु भन्दा तल्लो स्तरको (inferior) हुन् र गोरा जातिहरु विश्वका सर्व श्रेष्ठ (superior) जाति हुन् आदि भन्दै गोरा जातिहरुले त्यस्ता सर्वोच्चतावादी (supremacist) भाष्य स्थापित गर्न सफल भएका थिए I
त्यसै गरि निजले नेपालको संविधानको भवना अनुरुप नेपलको विविधतालाई आत्मसात् गरी कानूनी राज्यको अवधारणा प्रति प्रतिबद्ध भई लोकतान्त्रिक मूल्यमा आधारित विभेद रहित समतामूलक समाज निर्माण गर्न साथै राष्ट्रिय एकता, समृद्धि र दिगो शान्ति हासिल गर्नका लागि तामाङ, मगर, मुस्लिम लगायतका नेपालका सबै समुदायहरुका संस्कृति, संस्कार, परम्परा, प्रथा, रीति तिथि, मूल्य मान्यता आदिका अस्तित्वलाई स्वीकार र सम्मान गरि, सहिष्णुता र सद्भाव कायम गर्नु पर्नेमा त्यसो नगरी निजले सर्वोच्चतावादी (supremacist) मुल्य मान्यता अङ्गीकार गरेको देखियो I
हाल समाजमा सर्वोच्चतावादी (supremacist) समुदाय र व्यक्तिहरुले उनीहरु अनुकुल परम्परा, दर्शन, ज्ञान विज्ञान आदिलाई शस्त्रीकरण (weaponized) गरि सिमान्तकृत समुदायको ; यस घटनाको सन्दर्भममा तामाङ, मगर, गुरुङ्ग र मुस्लिम लगायतका समुदायका मूल्य मान्यता, संस्कार, परम्परा र संस्कृति आदिका विरुद्ध नियोजित भ्रम (misinformation) फैलाई अपराधीकरण (criminalize) गरि उनीहरुलाई कलंकित (stigmatized) र अपमानित (humiliate) गरि अमानवीयकरण (dehumanize) गरि पीडित बनाई (victimize) अन्तत : सर्वोच्चतावादीहरुले आफ्ना मूल्य मान्यता, परम्परा र संस्कृति आदि सिमान्तकृत समुदायलाई माथि कसरी स्थापित गर्ने गराउने कार्य गर्छन् भन्नेमा निज भगवती पाण्डे ‘शीतल’ले प्रमाणित गरेकी छिन् र यस्ता कार्य मुलुकी अपराध संहिता, २०७४ को विपरित हो I
भारतको सर्वोच्च अदालतले ‘घृणाको अभिव्यक्ति’ (hate speech) को गाम्भीर्यतालाई मनन गरि कुनै व्यक्ति वा समुहले औपचारिक रुपमा कुनै पनि ‘घृणाको अभिव्यक्ति’ (hate speech) विरुद्ध प्रहरीमा जाहेरी वा सूचना नदिए पनि प्रहरी प्रशसनले आफ्नै सकृयतामा (suo motu) त्यस्ता कसुरलाई कानुन अनुसार यथाशीघ्र मुद्दा दर्ता गरिनु पर्दछ अन्यथा अदालतको अवहेलना हुनेछ भन्ने सिद्धान्त प्रतिपादन गरेको छ I
प्रकरण ६ खण्ड (क) मा उल्लेखित ‘चिया गफ’ नामक टक शोमा अन्तर्वार्ताका क्रममा निजले नियोजित रुपमा तामाङ, मगर र मुस्लिम लगायतका समुदायलाई लक्षित गरि दिएकी ‘घृणाको अभिव्यक्ति’ (hate speech) ले समुदायका भावना, आत्मसम्मान र स्वाभिमानमा अक्षम्य चोट पुग्नुका साथै सिङ्गो समुदायलाई अपराधी करार गरि, जातजाति वा उत्पत्तीको आधारमा समुदायलाई उच्च निच दर्शाई अमानवीय भेदभाव गरि, छुवाछुत, अपमानजनक र बहिष्कारण जन्य व्यवहार गरि,अपराधीकारण र विभेदलाई न्यायोचित ठहराई, भ्रम सृजना गरि सिङ्गो समुदायको संस्कृति, परम्परा, रीति तिथि समेतलाई खलल पार्ने र जातीय सद्भाव सु-सम्बन्धमा खलल गरि जातिय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने गम्भीर प्रकृतीको कसुर निज अधिवक्ता भगवती पाण्डे ‘शीतल’ ले गरेकी पुष्टी भएको छ I
त्यसै गरि निजको अभिव्यक्ति संविधानको भाग-३ मा लिपिवद्ध मौलिक हकका धाराहरु क्रमस सम्मान पूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, छुवाछूत तथा भेदभाव विरुद्धको हक, भाषा तथा संस्कृतिको हक र सामाजिक न्यायको हकको पनि प्रतिकुल छ I
अत: निज अन्यायीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१ राज्य विरुद्धका कसूरको दफा ४९ उपदफा (४) बमोजिम तामाङ, मगर, मुस्लिम लगायतका समुदाय र अन्य जाति बीचको घृणा, द्वेष उत्पन्न गराई उनीहरुको सु-सम्बन्धमा समेत खलल पुग्ने गरि राष्ट्रिय एकतामा नै खलल पुग्न सक्ने अभिव्यक्ती दिने कार्य गरि कसुर गरेकी, ऐ. सहिंताको परिच्छेद-२ सार्वजनिक शान्ति विरुद्धको कसूरको दफा ६५ उपदफा (१) बमोजिम तामाङ, मगर, मुस्लिम लगायतका समुदाय र अन्य जाति बीचको सु-सम्बन्धमा खलल पुग्ने कसुर गरेकी, ऐ. सहिंताको परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको दफा १६५ उपदफा (१) बमोजिम तामाङ, मगर, मुस्लिम लगायतका समुदायको सामाजिक रीति स्थितिमा खलल पार्ने कसुर जन्य अभिव्यक्ती दिएकी, ऐ. सहिंताको परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको दफा १६६ उपदफा (१) बमोजिम तामाङ, मगर, मुस्लिम लगायतका समुदायलाई प्रथा, परम्परा, संस्कृति, रितिरिवाज, जात, जाति, समुदाय आधारमा छुवाछुत र भेदभाव गरेकी र ऐ. सहिंताको परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरको दफा १६८ उपदफा (१) खण्ड (घ) बमोजिम तामाङ, मगर, मुस्लिम लगायतका समुदायलाई अपमानजनक वा अमानवीय व्यवहार जन्य कसूर गरेकी साथै निजले मुलुकी अपराध संहिता २०७४ को दफा ४३ (१) बमोजिम एकिकृत कसूर समेत गरेकी हुँदा निजलाई ऐ. सहिंताको दफा ४९ उपदफा (५) को खण्ड (ग), ऐ. सहिंताको दफा ६५ उपदफा (२), ऐ सहिंताको दफा १६५ उपदफा (२), ऐ. सहिंताको दफा १६६ उपदफा (२) र ऐ. सहिंताको दफा १६८ उपदफा (२), ऐ सहिंताको दफा ४३ को उपदफा (२) तथा प्रचलित ऐन कानुन बमोजिम हदै सम्मको सजाय हामीले माग दावी गर्नु पर्ने हुन्छ I
धन्यवाद I