
पूर्ण बहादुर राना
नेपालकाे ठूलाे जनसंख्या बाेकेर बसेकाे जाति मगर र तामाङ एक भई यति विशाल राष्ट्रिय सामाजिक आन्दोलन गरेकाे याे पहिलाे घटना हाे । यसरी तामाङ र मगरलाई एक गराउनमा भगवती पाण्डेद्वारा मगर तामाङ माथिकाे अपमानित साँस्कृतिक अभिव्यक्ति नै प्रमुख कारक हाे । भारि बाेक्ने भुसतिघ्रे भरिया मगर र तामाङकाे हैसियत सत्ताधारीहरूले बुझे हाेलान् । मगर र तामाङलाई संगठित हुन चेत दिने भगवती पाण्डे धन्यवादकाे पात्र हुन् ।

आज २०८० श्रावण २२ गते नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ केन्द्रीय समितिकाे आयाेजनामा माईतिघर मण्डला देखि बानेश्वर सम्म प्रदर्शन गरिएको विराेध सभा बडाे शानदार ढङ्गले सम्पन्न भएको छ । आज प्रहरी प्रशासन कठाेर बनेकाे देखिएन । सायद नश्लिय प्रहरी प्रशासनले उसकाे लाठि र मुठिले मगर र तामाङ पछि हट्दैन भन्ने केहि मात्रामा बुझेकाे हुनसक्छ । स्वभावैले मगर र तामाङ ईमानदारमा ईमानदार र लडाकुमा लडाकु जाति हुन् । मगर र तामाङ लगायत अन्य जातिले ५,००० वर्ष अघिदेखि अर्थात ऋग्वेद, मनुस्मृति, मुलुकि ऐन, १९१० र वर्तमान नेपालकाे संविधान, २०७२ सम्म आउँदा जातीय अपमान सहेर बसेकाे छ । यति लामाे समयसम्म अपमान सहेर बसेकाे थियाे तर अब सहने अवस्था रहेन । ढिलाेचाँडाे याे जागरणले राज्यसत्ताको लागि संगठित हुने छनक दिएकाे छ । हुन त अहिले याे आन्दोलन केवल सामाजिक र साँस्कृतिक आन्दाेलन मात्रै हाे । यस्तै दमन भईरह्याे भने यस्ता आन्दाेलनले राजनीतिक आन्दोलनकाे रूप लिन सक्छ । भाेलि भगवती पाण्डेले माफि मागेपछि याे आन्दोलन सेलाउन सक्छ । वास्तवमा तामाङ र मगरमा चेत भएकाे भए याे आन्दोलनलाई अविलम्ब राजनीतिक आन्दोलनमा परिवर्तन गरि सत्ता सैघर्षकाे आन्दाेलनमा जानु पर्ने देखिन्छ । तर मगर र तामाङ विभिन्न राजनीतिक दलमा बाँडिएकोले याे राष्ट्रिय सामाजिक र साँस्कृतिक आन्दोलन केवल खरानी डल्लाे र फगत पानीको फाेका मात्रै हुने अवस्था देखिएको छ । मगर तामाङ लगायत अन्य आदिवासीहरू सामाजिक र साँस्कृतिक आन्दोलनमा मात्रै रूमलिरहने तर राजनीतिक र राज्यसत्ताको आन्दोलन रूप ग्रहण गर्न नसक्नु मुख्य कारणहरू बुँदागत रूपमा तल उल्लेख गर्न चाहान्छु ।
१. आदिवासीहरू कुटनैतिक भाषा बाेल्ने जाति हुन्
आदिवासी जनजातिहरू कुटनैतिक भाषा बाेल्छन् । यि जातिकाे स्वभावमा कसैलाई चित्त नदुखाउने भन्ने हुन्छ । दुखाए पनि आदिवासी आदिवासी बिच अर्थात मगर र मगर विच वा तामाङ र तामाङ विच वा तामाङ र मगर विच चित्त दुखाउने तर अन्य सत्ताधारी जातिलाई भगवान ठान्ने भाष्य छ ।
आर्य ब्रह्माण जातिलाई वचन दिए पछि उ वचनकाे पक्का हुन्छ । बाहुनले बाेलेकाे कुरा विश्वास गर्छ । बाहुनले खाेलेकाे पार्टीमा टाउकाे फुटाफुट र कुटाकुट गर्छ । ज्यान दिन्छ । भाेट हाल्छ । बाहुनलाई सत्तामा पुर्याउँछ । तर आदिवासी आदिवासी बिच कुनै प्रस्ताव राख्दा मनभित्र अनेक शंका उपशंका गर्छ । तर राखेकाे प्रस्ताव हुँदैन भन्दैन हुन्छ भन्छ तर मनमनै उसले अर्काे निर्णय गरेकाे हुन्छ । उदाहरणकाे लागि हामी तामाङ, मगर लगायत अन्य आदिवासी जाति मिलेर पार्टी हाँकाै भन्ने हाे भने हुन्न कसैले भन्दैन् । सबैले हुन्छ भन्छन् । मुखले सबैले ठिक पार्छन् । तर व्यावहारमा एकता हुँदैन । पार्टी खाेल्दैन । खाेले पनि लाग्दैन ।

२. आदिवासीहरूकाे स्वार्थि स्वभाव
हुनत मानिस स्वभावैले स्वार्थि जाति हाे । आदिवासी जनजातिहरू स्वार्थि हुन् । गुठि विधेयकले नेवार समुदायलाई मात्रै छाेयाे र उ सडकमा उर्ल्याे । तर अन्य आदिवासीहरू छिटफुट रूपमा सडकमा आए पनि सबै आएन । गुठि विधेक विरूद्ध आन्दाेलन गर्ने ठेक्का नेवारकाे मात्रै थियाे ।
केहि समय अघि काेशि प्रदेश नामाकरणले राई र लिम्बूलाई मात्रै छाेयाे । अन्य पहिचान र अधिकार आवश्यक आदिवासीहरूलाई छाेएन । पुर्वमा काेशि विरूद्ध आन्दाेलन हुँदा लाजेहाङ लिम्बुले साहदत प्राप्त गर्याे । त्यसपश्चात याे आन्दोलन देशभरि हुनुपर्ने थियाे तर भएन । कम्तिमा काेशि खारेज गरि किरात लिम्बुवान-खम्बुवान आएको भए ऐतिहासिक पहिचान आधारमा प्रदेशकाे नामाकरण गर्ने खाता खाेलिने थियाे । तर चाँईचुँई कुनै पहिचानवादि आदिवासीहरू बाेलेनन् । काेशि विरूद्भ उफ्रिने जिम्मा राई र लिम्बुकाे मात्रै भएको छ ।
अहिले मगर, तामाङ र मुस्लिम जातिहरूले दाजुबहिनि र दिदिभाई बिच बिहे हुन्छ भन्ने हाेच्याउने र पशुतुल्य अभिव्यक्तिले केवल तामाङ र मगर जातिलाई मात्रै छाेएकाे छ । आन्दोलनमा बहुसंख्यक पनि तामाङ र मगर मात्रै उर्लेकाे छ । हुन त अन्य आदिवासी र जातिहरू पनि आन्दोलमा उपस्थित भएको छ । यसले के देखाउँछ भने यि सत्ता बिहिन आदिवासीहरू वैयक्तिक रूपमा आआफ्नो जातिलाई नहाेच्याएसम्म र आफ्नो जाति विशेषलाई नपरेसम्म नउठ्ने भए । नेपाल राष्ट्रिय आदिवासी जनजाति महासंघले यसरि आदिवासी जनजाति भित्र सामाजिक, साँस्कृतिक, भाषिक र राजनीतिक आक्रमण हुँदा सम्बन्धित जाति मात्रै नउठि स्वयं आदिवासी जनजाति महासंघ लगाएत सबै जातिय संगठनले ब्यानर लिई सडकमा आउनु पर्ने थियाे । तर याे हुन सकिरहेकाे छैन ।
३. सामाजिक आन्दोलनलाई राजनीतिक र सत्ता संघर्षको आन्दाेलनमा विकास गरिनु पर्ने
सधैं साँस्कृतिक, भाषिक र सामाजिक आन्दोलन मगरले मगरविच, तामाङले तामाङ विच र,आदिवासीले आदिवासी विच गरेर हुँदैन । अन्ततोगत्वा भाषा, धर्म, सँस्कार सँस्कृति जाेगाउने भनेकाे राज्यसत्ताले नै हाे । माओले भनेझैं राज्यसत्ता बाहेक सबै भ्रम हाे भन्ने कथन सत्य हाे । हाम्रा कति बुज्रुकहरूले राजनीतिक दलले भाषा धर्म सँस्कार सँस्कृति र पहिचानकाे कुरा गर्न मिल्दैन भन्छ । अनि भन्छन् राजनीतिक दलले कुरा गर्नु भनेकाे त विकासकाे हाे । राेजगारकाे हाे भनेर भन्छन् । म तिनलाई साेध्न चाहान्छु । राज्यसत्ता र सरकारकाे तलब भत्ता खानु भनेकाे राजनीति हाेईन? यदि विकास निर्माण र राेजगार अर्थात भाैतिक उन्नति मात्रै चाहेकाे हाे भने त विकास निर्माण र राेजगार त साउदि अरब, मलेसिया, कतार, जापान, काेरिया, अमेरिका, अष्ट्रेलिया, क्यानडाले विकास गरि राखेकाे छ राेजगार दिई राखेकाे छ त । उतै गएर बसे हुन्छ नि त्यस्ता मानिसहरू । किन नेपालमा बस्ने?

अर्काे कुरा नेपाली खस भाषा नर्सरि देखि कक्षा १० र ब्याचलर्स र मास्टर्ससम्म राज्यसत्ताकाे तलब खाएरै पढाउँछ । याे बेलामा ति बुझि टाेपलिएकाहरूले कुरा उठाउँदैन । यसरि नेपालि खस भाषा राज्यसत्ताले जबरजस्त लाद्ने गरेकाेले अहिले तराईमा तराई टाेन हराएको छ । मगर गाउँमा मगर टाेन, तामाङ,शेर्पा, गुरूङ गाउँमा तामाङ शेर्पा, गुरूङ टाेन, राईलिम्बु गाउँमा राईलिम्बु टाेन, नेवार गाउँमा नेवार टाेन, बाेटे, कुमाल, थारू गाउँमा बाेटे, कुमाल र थारू टाेन हराएको छ । सबै मातृभाषि समुदाय खसकरणकाे चपेटामा परेका छन् । सबै गाउँमा खस भाषा बाेलेका छन् बच्चाहरूले । अब केहि दशकमा धेरै जातिहरू भाषा विहिन हुनेछ ।
त्यसैले अब सबै आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलित एक भई सामाजिक आन्दोलन र साँस्कृतिक आन्दाेलनकाे साथसाथमा राजनीतिक आन्दोलन गर्नुपर्छ । र सत्ता संघर्षको बाटाेमा गई राज्यसत्ता कब्जा गर्नुपर्छ ।


