
१७ श्रावण २०८०
आज विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।
अधिवक्ता पाण्डेले टेलिभिजन अन्तर्वार्ता दिंदा मगर, मुस्लिम र तामाङ समुदायले दिदिभाई र दाजुबहिनि बिच विवाह हुने अभिव्यक्त दिईकि थिईन । यहि कुरालाई लिएर पाण्डेको अभिव्यक्तिविरुद्ध नेपाल मगर संघका ज्ञानेन्द पुनले र नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा बुधबार पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।