गृहमन्त्रीलाई ,बंशजको नेपाली नागरिकता निरन्तरताको माग राखी  “CNCBGUK” ज्ञापन पत्र ।

Read Time:5 Minute, 20 Second


राज्यसत्ता ,

तपाईहरुको मागले सर्बदलिय बैठकमा प्रवेश गरि सक्यो–नारायणकाजी श्रेष्ठ

काठमाण्डौ, सावन ८ – भूतपूर्व सैनिक कल्याणकारी समिति,नेपाल र CNCBGUKको प्रतिनिधिमण्डले बेलायतमा बसोबास गर्ने पूर्वसैनिकका सन्तानलाई बंशजको नेपाली नागरिकता निरन्तरताको लागी नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उहाँकै कार्यकक्ष सिंहदरबारमा भेटी ज्ञापन पत्र बुझायो ।


ज्ञापनपत्र बुझाउँन भूतपूर्व सैनिक कल्याणकारी समिति,नेपालका उपाध्यक्ष एबं CNCBGUKका सदस्य हुमबहादुर थापा मगर,समितिका कोषध्यक्ष एबं CNCBGUKका सदस्य के.बि. राना मगर , सचिव अधिबक्ता चेत बहादुर आले मगर , समितिका सदस्यहरु: एबं CNCBGका सदस्यद्धय प्रेम बहादुर पुन मगर र गंगा बहादुर थापा मगर पुगेका थिए । त्यस्तै , बागमती प्रदेश ललितपुर क्षेत्र नं. ३ का साम्सद उर्मिला लामा , बागमती प्रदेशका पूर्व साम्सद राजकाजी मर्हजन र मगरात मुक्ति मोर्चाका केन्द्रीय सदस्य राम आले पनि सहभागी हुनुभएको थियो ।


समितिका सचिव अधिबक्ता चेतबहादुर आले मगरले बृटिश गोर्खाहरुको नागरिकता निरन्तरताको निम्ति नेपाली नागरिकता ऐन २०६३ मा प्रस्तावहरु हालको ब्यबस्थामा जे भएता पनि नेपालको नागरिकता ऐनको दफा १० को उपदफा (१)मा नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरे पछि निजको नेपाली नागरिकता कायम रहने छैन ।
तर,यो व्यवस्था १९४७ सालको त्रिपक्षीय सन्धि अन्तर्गत भर्ति भएका गोर्खा र निजका सन्ततिहरुका लागी भने लागु हुने छैन । तर्सथ , बेलायती सेनामा सेवा गरेका गोर्खा र नीजका सन्ततिहरुका बंशजको नेपाली नागरिकता कायमै रहने गरि ऐनमा लेखियोस भनि ज्ञापनपत्र वाचन गरि गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरिएयो ।


गृहमन्त्री श्रेष्ठले ज्ञापनपत्र बुझ्रदै म तपाईहरुको माग र समस्या बारे अध्ययन गरेको , मेरो मनमस्तिष्कमा राखिसकेको र म सचेत पनि छु । साथै , तपाईहरुको माग हाम्रो सर्बदलिय बैठकमा प्रवेश गरिसकेको छ । यसलाई सबैको सहमतिबाट तपाईहरुको माग संबाेधन गरन ऐन संसोधन गर्नेछौ उपप्रधान मन्त्री श्रेष्ठले भन्नु भयो ।


समितिका कोषाध्यक्ष के.बि. राना मगरले हाम्रो छोरा छोरीहरुले बेलायतमा अध्ययन गर्दा गोरा सरह सुबिधा नपाएको र अध्ययन फि. महंगो भएकोले बेलायतको रातोपासर्पोट रहरले नभई बाध्यताले लिनु परेको र अध्ययन पछि नेपालमै फर्किने हुँदा उनिहरुको नागरिकता नरिन्तरता हुनु पर्नेमा जोड दिनु भयो ।


भूपू सैनिक कल्याणकारी समिति,नेपाल र CNCBGUK टोलीले सम्माननीय प्रधान मन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई प्र.मं निवास बालुवाटार पुगेर २०८० जेठ २८ गते बंशजको नेपाली नागरिकता निरन्तरताको बारेमा ज्ञापनपत्र बुझाएको थियो । यो बिषयमा प्र.मं.प्रचण्ड सकारात्मक रहेको र आफ्रनो सरकारकै पालामा समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
स्मरण रहोस: यो संस्थाका संस्थापक अध्यक्ष स्व.क्या.यमबहादुर बुढाथोकी मगरको समितिले स्थापनाकाल देखि पूर्व प्रधान मन्त्री,मन्त्री,प्रतिनिधि सभा र राष्ट्रिय सभाका सभामुख, उपसभामुख , विभिन्न दलका नेता तथा साम्सदहरु , कानुनविद्ध, मानवअधिकारबादी र नागरिक अगुवाहरुलाई भेटेर बेलायतमा बसोबास गर्ने पूर्वसैनिकका सन्तानलाई बंशजको नेपाली नागरिकता निरन्तरताको लागी सभा,सम्मेलन गरि पहल गरिदिन अनुरोध गरेको थियो । र ,यो काम वर्तमान कार्यसमितिले निरन्तरता गर्दै आएको CNCBGUKका सदस्य एबं भूतपूर्व सैनिक कल्याणकारी समिति,नेपालका उपाध्यक्ष हुम थापाले राज्यसत्तालाइ बताए ।

9 0
Happy
Happy
62 %
Sad
Sad
8 %
Excited
Excited
23 %
Sleepy
Sleepy
8 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %