
२०८० श्रावण ७ आइतबार
राज्यसत्ता संवाददाता
दुईजना प्रधानमन्त्रीको नक्कली सल्लाहकार पक्राउ परेका छन् । उनिहरूले प्रधानमन्त्रीकाे सल्लाहकार हुँ भन्दै ठगी गर्ने राजेन्द्रप्रसाद र विशाल खनालसहित दुईजना पक्राउ परेका हुन् ।
उनिहरूले ४५ लाख ठगि गरेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले जनाएको छ । नागार्जुनका खनाल र उनका सहयोगी विशाल खनाललाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
अनुसन्धान शाखाका प्रहरीका अनुसार उनीहरूले आफू प्रधानमन्त्रीको सल्लाहकार भएको र राजनीतिक पहुँचका आधारमा नाफा हुने गरी विभिन्न व्यवसायमा लगानीका नाममा पैसा लिएर ठगी गरेका छन् । उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता रहेको छ। ति ठगि खनालद्वयले पीडितको ४५ लाख लिएका छन् भने उनिहरूले जिपसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ।