
याे लेख २०७३ असार २० गते तदनुसार ४ जुलाई२०१६ मा पूर्ण बहादुर रानाद्वारा लिखित लेख हाे ।
२०७३ असार ३० गते भव्य विज्ञापन र ताम झाम सहित नयाँ शक्ति नेपालले दशरथ रंगशालामा पार्टी घोषणा सभा ग–यो । हुलास, चौधरी ग्रुप, सामसुङ, क्यास्ट्रोल, नाइकी, कोल्ड ड्रिङ्स, अहिललेको प्रचलित जिङ्क भोड्का (Xing Vodka) ले जस्तै विज्ञापनमा धेरै पैसा खर्च ग–यो । जुन भाेड्का रूसलान भाेड्का (Ruslan Vodka)झैं चल्न सकेन । उक्त कार्यक्रममा केहि अवैधानिक जनमुक्ति र केहि वैधानिक जनमुक्ति पार्टीका कार्यकर्ताहरु सामेल भए । नयाँ शक्ति पार्टीको घोषणा सभामा सामेल हुनका लागि यी बैधानिक र अवैधानिक जनमुक्तिका अवसरवादीहरुले राष्ट्रिय जनमुक्ति पार्टीको २५ वर्षे इतिहासलाई नामेट गर्न उद्यत भए । यति सम्म गरेकी राष्ट्रिय जनमुक्ति पार्टीले गर्नु पर्ने ५ वर्षे साविकको राष्ट्रिय महाधिवेशनको मिति २०७२ चैत्रमा नै सकिसकिएको र निर्वाचन आयोगले नेपाली काँग्रेसको ६ महिना म्याद थप गरे जसरी जनमुक्ति पार्टीको म्याद २०७३ असार मसान्त सम्मलाई म्याद थप गरिएको परिपत्र हुँदा पनि वास्ता नगरि कुनै पनि हालतमा महाधिवेसन नगरि पार्टी खारेज गर्ने प्रपञ्च रचे । पार्टी आइ. सि. यू. मा रहेको अवस्थामा पार्टीलाई पुर्नजिवन दिन कता हो कता उल्टै पार्टी बाबुरामलाई बुझाउनेमा आतुर रहे । लगभग ६ महिना अगाडी पार्टीले तय गरेको २०७३ जेष्ठ २८, २९ र ३० गते महाधिवेशनको मिति नजिकिदाँ पनि आफ्नो जिवन र कार्यशैली अनि क्षमता प्रति आत्मग्लानी र नैराश्यता (Self-humiliated and frustrated) भएका साथीहरु महाधिवेशन नगराउने षडयन्त्रमा लागि परे । नयाँ शक्तिसंग जनमुक्तिलाई आत्मसमर्पण र विलय नगराउने हो भने आकाशै खस्ने र पृथ्वीनै भासिने जस्तै गरि आतुर बने ।
म पनि यस पार्टीको संघिय परिषद (केन्द्रीय समिति) को पदेना सदस्य तथा नेपाल विद्यार्थी मोर्चा केन्द्रीय समिति अध्यक्षको हैसियतले पार्टीको २०७३ जेष्ठ २७ गते संचालित केन्द्रीय बैठकमा आफ्नो मन्तव्य राखेको थिएँ । मैले प्रष्टसँग भनेको थिएँ सन् १७७९ देखि उठेको महिला अधिकारको कुरा आज संस्थागत रुप ग्रहण गर्दै छ । महिलावादीहरु (Feminists) ले महिलाहरुको व्यक्तित्व विकास नहुनु महिलालाई चार घेरा (भित्ता) भित्र थुनेर राख्ने संस्कारले गर्दा हो । जति धर्मग्रन्थ, दर्शन, वा अन्य वैज्ञानिक आविष्कार गरे ति सबै पुरुषले गरे । किनकि पुरुषहरु स्वतन्त्र थिए । महिलाहरुलाई त्यस्तो स्वतन्त्रता थिएन । महिलावादिहरुले दावि गरेर भनेका छन् कि पुरुषहरुले रचना गरेरनै सबै धर्मका भगवान पुरुष भएका हुन । हुन पनि कुनै पनि धर्मको धर्मग्रन्थमा शक्तिशाली भगवान वा प्रवर्तक पुरुषनै छन् चाहे त्यो हिन्दु धर्मको शिव, राम, कृष्ण हुन् वा बुद्ध धर्मका गौतम बुद्ध हुन् वा क्रिश्चियन धर्मका जिशस क्राइष्ट वा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हुन् । यो सोच भिन्न सोच हो । भिन्न दृष्टिकोण हो । यो सोचनिय विषय हो ।
यसै गरि नेपालको राजनीतिक बजारमा राउटेसँग राष्ट्रपति, प्रधानमन्त्रि, गृहमन्त्रि, राजदुत वा मुख्य सचिव बन्ने क्षमता (Potentiality, capacity) छ भन्ने पहिलो पार्टी राष्ट्रिय जनमुक्ति पार्टीनै हो । राउटे मात्र होइन अन्य अति सिमान्तकृत समुदाय कुसुण्डा, चेपाङ लगायत जनजाति, मुस्लिम, दलित, मधेसि सबै सबै संग राष्ट्रपति, प्रधानमन्त्रि, गृहमन्त्रि, राजदुत, मुख्य सचिव बन्ने क्षमता छ भनि आफुभित्र रहेको क्षमता र हैसियत बुझ्न र चन्न सिकाउने पार्टी पनि जनमुक्ति पार्टीनै हो । यो पार्टीले नयाँ दुष्टिकोण (New Perspective) बाट समाज र मुलुकलाई चिन्न र विश्लेषण गर्न सिकाएको छ । सबैको सह–अस्तित्व स्विकार्न सिकाएको पार्टीनै राष्ट्रिय जनमुक्ति पार्टी हो । सह–अस्तित्वको उच्चत्तम रुप समानुपातिक निर्वाचन प्रणाली हो । समानुपातिक निर्वाचन प्रणाली भनेको जहाँ जे समस्या छ त्यहाँ त्यहि समस्या हल गर्नका लागि प्रयोग गर्न सकिने सुत्र वा विधि वा साधन (Approach or Method or Tools) हो । समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली जातिय समस्या भएको मुलुकमा जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of national/ethnic population) लागु गरि जातिय समस्या हल गर्न सकिन्छ । धार्मिक समस्या भएको मुलुकमा धार्मिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of relitious population)लागु गर्न सकिन्छ । त्यसै गरि भाषिक समस्या भएको मुलुकमा भाषिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of linguistic population) लागु गर्न सकिन्छ । क्षेत्रिय समस्या भएको मुलुकमा क्षेत्रिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of regional population) लागु गर्न सकिन्छ । लैङ्गीक समस्या भएको मुलकमा लैङ्गीक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of gendered population) लागु गर्न सकिन्छ । वर्गिय समस्या भएको मुलकमा वर्गिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation on the basis of class population) लागु गर्न सकिन्छ । यति ठूलो ज्ञान दिने विश्व विद्यालयको रुपमा स्थापित भएको जनमुक्ति पार्टीलाई विभिन्न समयमा बारम्बार धोका भइरहेको छ । यो अवस्था कहिले सम्म रहला ? जहाँसम्म
लाग्छ यो समस्याको उन्मुलन विधि र प्रक्रिया भनेकोनै सबै नागरिकमा चेतना ल्याउनुनै हो । अबको २० वर्ष भित्रमा यो समस्या समाधान तिर मुलुक अवश्यनै जानेछ ।
नयाँ पार्टी जन्मनुको मुख्य कारण विभिन्न गुनासका पोकाहरु सँगालोले गर्दानै हो । यो हुनु स्वभाविक पनि हो । बाबुराम भट्टराईले नयाँ शक्ति खोल्नु गुनासोको कारणले गर्दानै हो । सायद उनले सोचेहोला यो देश विकास हुन सकेन । खास कारण के हो भने उनि शक्तिशाली पदमा बस्न नपाएरनै हो भन्ने लाग्यो होला । किनकि यो धर्तीमा प्र्रचण्डको भौतिक शरिर रहुन्जेल आफु अध्यक्ष बन्न नसक्ने अवस्था निश्चित देखे उनले । परशुरामहरुलाई पनि यस्तै रोगले गाँजेको हुनु पर्छ । जे होस सबैको चाहाना आफु पनि स्थापित हुने र देशको विकास पनि गर्ने भन्नेनै हो । देशको विकास गर्छ भने हामी सबैको तर्फबाट नयाँ शक्तिलाई शुभकामना छ । हामी सबै देशभक्त नागरिकले नयाँ शक्तिलाई सहयोग गर्न पनि तयार छौं ।
यद्यपी देश विकास नहुुनका मेरा केहिे जिज्ञाशाहरुलाई के नयाँ शक्ति पार्टीले हटाउन र मेटाउन सक्ला?
१. देश विकास नहुनुमा मुख्य दोष अहिले सम्म राज्य संचालन गर्ने व्यक्तिहरुको कारणले गर्दा हो । यो देश विकास नहुनु नैतिक समस्याको कारण हो । यो देशका सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु नैतिक विहिन भए । भ्रष्टाचार, बलत्कार, व्यभिचार जे गरे पनि हुने । के यो समस्या नयाँ शक्तिले हटाउन सक्ला?
२. यो देशका अधिकांश शिक्षित र दिक्षित व्यक्ति भनाउँदाहरुनै अनैतिक र गैह्र जिम्मेवारी देखिन्छ । के यो अनैतिकलाई नैतिकतामा र गैह्र जिम्मेवारीपनलाई जिम्मेवारीमा बदल्न नयाँ पार्टीले सक्ला?
३. अधिकारको कुरा बढि गर्ने तर कर्तव्य भुल्ने र नगर्ने बानी भएको मानिसको जमातले भरिएको मुलुक हो यो । के नयाँ शक्ति पार्टीले सबै जनतालाई कर्तव्यवान बनाउन पहल गर्न सक्ला?
४. राज्य संचालन एउटै समुदाय र एउटै लिङ्ग, धर्मका मानिसकरुको जमात रह्यो । के एकल समुदाय, एकल धार्मिक र एकल लिङिगय राज्य संचालनलाई बहुल समुदाय, बहुल धार्मिक, बहुल लिङ्गिय राज्य संचालन गर्ने मानिसको जमातमा परिणत गर्न नयाँ शक्तिले सक्ला?
५. अधिकांश शिक्षित र दिक्षित मानिस भनाउँदनै लोभि पापी र निकृष्ट रहे । के अब नयाँ शक्तिले निस्वार्थी, धार्मिक, त्यागि र उत्कृष्ट मानिस बनाउन सक्ला ?
६. सबै नेता, कार्यकर्ता, कर्मचारी नागरिकहरु आफुमु्खि (Self Centered) बन्दै गएको अवस्थामा सबै नेता कार्यर्ता, कर्मचारी र नागरिकलाई समाजमुखि(Community-Centered) र देश मुखि (Nation Oriented) बनाउन नयाँ शक्तिले पहल गर्न सक्ला?
७. अहिलेको बजेट घोषणा असार मसान्तमा हुने गर्दछ । असार मसान्तमा हुने बजेट घोषणाले बजेट सिध्याउने हतार गर्दा बाटो पिच गर्ने तर बाटो पिच नभइ खेतमा गोबर मलहाली रोपाई गरे जस्तो देखिन्छ । यो समस्या बर्षातको कारणले गर्दा नै हो । बजेट घोषणामा लोभि पापी र बैमानि नेताहरुको स्वार्थ लुकेको छ । बर्षायाममा बजेट सिध्याउने ध्येयले बर्षा (पानी) लाई दोष दिदै विकास निर्माणको बजेटमा भ्रष्टाचार गर्ने अनुकुल परिस्थिलाई मध्यनजर गरेर बजेट घोषणाको कारणले १० प्रतिशत बजेट मात्र उपयोग भएकोे देखिन्छ । के नयाँशक्तिले बजेट घोषणालाई फागुन मसान्तमा सारी १०० प्रतिशत बजेट विकास निर्माणमा खर्च गराउन सक्ला?
८. यो मुलुकको पाठ्यक्रम अरुको सिद्धान्त, कथा, कविता अनि उपन्यास पढाउने र अव्यवहारिक ज्ञान दिलाई सबै नेपाली नागरिको समय, पैसा, उमेर खर्च गरि दिने खालको छ । के नयाँ शक्तिले भुगोल अनुसारको संभाव्यता अध्ययन गरि उत्पादनमुलक आविष्कारमुलक यानेकि नायाँ मोबाईल, कम्प्यूटर, नयाँ घडी, पानीले चल्ने गाडी, बाह्रैमास आँप फल्ने, बाह्रैमास फलफुल र सागसब्जि फल्ने र नयाँ राइफल र एच. आई. भी. एड्स, क्यान्सरको औषधी पत्ता लगाउने वा आविष्कार गर्ने पाठ्यक्रम निर्माण गरि लागु गर्न सक्ला ?
९. यो मुलुक एकल भाषाले चलिरहेको छ । पत्रपत्रिका, पाठ्यक्रम, मिडिया, सबैमा नेपाली खस भाषा मात्र प्रयोग गरिएको छ । के नयाँ शक्तिले बहु भाषिक विश्व विद्यालय स्थापना गरि सबै भाषामा नर्सरी वा कक्षा १ देखि उच्च शिक्षा (एम.ए. वा मास्टर्स)सम्म सबै भाषामा शिक्षा पाउने व्यवस्था गर्न सक्ला ?
१०. के नयाँ शक्तिले पूर्ण जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणाली लागु गर्न सक्ला ? समतामुलक समाज निर्माण गर्न सक्ला?
११. नयाँ शत्तिले के व्यभिचारी, दुराचारी, बलत्कारी, भ्रष्टाचारी, हत्यारालाई संविधानतस् फाँसि दिने व्यवस्था गर्न सक्ला?
१२. बेरोजगारिलाई रोजगारको अवस्था सिर्जना गर्न सक्ला ?
यि र यस्तै कारणले गर्दा नयाँ शक्ति पार्टी गठन भएको हो भने ठिकै होला । अन्यथाको प्रत्यक्ष निर्वाचित कार्यकारिणी हुन नपाएको आवेगमा वा अध्यक्ष हुने नपाएको झोकमा, सहअध्यक्ष हुन नसकेको झोकमा वा उपाध्यक्ष, माहासचिव हुन नसकेको रिसमा र भ्रष्टाचार गर्न नपाएको भोकमा पार्टी खोलेको हो भने कुनै अर्थ रहने छैन । बाबुरामले देश विकास भएन भने म आर्यघाटमा जाँदा पनि मेरो मनले शान्ति पाउने छैन भन्ने भनाई पनि केवल भावना सिवाय केहि हुने छैन । यो प्याज काट्दाको आशुँ हुने छ । गोहिको आशुँ हुने छ । अन्तमा यो गुनासै गुनासोको पोको हुने छ । अन्यथा बाबुरामको नयाँ शक्ति नचल्ने किताबको नयाँ संस्करण हुनेछ । सबै जातिको अधिकारको चेतना आउँछ भनि छलकपट(Disturb) गर्ने पार्टीमा परिणत हुनेछ ।
तर राष्ट्रिय जनमुक्ति पार्टीमा बस्ने हामीहरुको रोडम्याप स्पष्ट छ । हामी सबै जाति वा समुदायसँग सबै क्षमता छ । हामी सबै जाति, क्षेत्र लिङ्ग र वर्गले अवसर पाएमा राष्ट्रपति, प्रधानमन्त्रि, मुख्य सचिव, राजदुत जिएम बन्न सक्ने क्षमता छ र त्यो हामी उनीहरुलाई चिनाउन चाहान्छौ । एक दिन अवस्य सबै समुदाय, लिङ्ग, वर्ग र क्षेत्रका मानिसले चिन्ने छ र देश विकासमा लाग्ने छ भन्ने दृढ विश्वास छ । तसर्थ सबै जनमुक्तिमा हिँड्नेहरु जागिर नपाए पनि वा मन्त्रि पदमा बस्न नपाए पनि गुन्द्रुक ढिंडो खाएर यो पार्टीमा बसि रहेका छन् । हामी सबै जनमुक्तिमा बस्नेहरुलाई ठूलो आत्मा सन्टुष्टि छ । हामी खुसि छौ । हामी नेपाली जनता नागरिक बनी सबै भाषा धर्म, संस्कृति बराबर हो सबैको राज्य सत्तामा पहुँच हुनुपर्छ र यो चेतना (Rationality) आउने दिन पर्खिरहेका छौ ।