
फुटाउ र शासन गर(Divide and rule) भारतमा उपनिवेशकाे राज्यपाल वा प्रतिनिधि(viceroy) भएर काम गरेका लर्ड मिन्टो(Lord Minto)ले अपनाएको रणनीति थियाे । निकट भविष्यमा भारतीयहरूमा आईरहेकाे राष्ट्रवादकाे चेतनाले सबै भारतिय एकता हाेलान र हामी बेलायति शासकहरूलाई लखेट्लान भन्ने खतराकाे आँकलन गर्दै बेलायती सरकारले जनताको एकता भङ्ग गर्न ‘फुटाउ र राज्य गर’ नीति लागू गर्ने निर्णय गरेको थियाे । त्यस बखत याे “फुटाउ र शासन गर ” वाक्यपद्धति प्रचलनमा ल्याईएकाे थियाे ।
राष्ट्रिय जनगणना २०७८ मा नेपालका शासक जाति र कर्मचारी बाहुनहरूले पनि यस्तै गरेकाे छ मगरलाई फुटाएर । केही अपराधीक र पृथकतावादि साेंच भएका पुन मगरहरूले मगर जाति छाडेर पुनलाईनै जाति बनाएछ । याे दु:खद कुरा हाे । यसाे गर्नु बैमानिकाे पराकाष्ठ हाे । पुनलाई नै जाति बनाउन पाए आदिवासी जनजाति महासंघबाट केही पैसा पाउला । आसन, भाषण, रासन र सिमित पुन मगर माथि शासन गर्न पाउला भन्ने गिद्धे दृष्टिले यसाे गरेकाे देखिन्छ । काेटा पाउला भनेर र्याल काढ्नु आफ्नै पुर्खाकाे घाँटी छेदन गरि ठूलाे रकम हसुरे सरह हाे ।
नश्लवादि ब्रह्मणवादि सरकारले केन्द्रीय तथ्यांक विभागकाे दण्डा चलाएर मगरलाई चिर्न र छिन्नभिन्न गर्न पाउँदैन । याे तथ्यांक विभाग सबै जाति भित्रका गाेत्रगाेत्रकाे आधारमा गाेत्रिय जाति बनाउन चाहान्छ । किनकि तथ्यांक विभागका बाहुन कर्मचारीले अरू जातिलाई फुटाएर शासन गर्न मजा हुन्छ । तथ्यांकमा फुटाए पछि पार्टी, जाति, साथिमा पनि फुट्छन् टुट्छन् भन्ने थाहा छ। यसरी फुटाउ र शासन गर काे सिद्धान्तले कालान्तरमा नश्लवादि कर्मचारीलाई पनि हित गर्दैन । केन्द्रीय तथ्यांक विभागले अविलम्ब पुन थरलाई मगर जाति भित्र राखिदिनु पर्छ । तत्कालै कथित पुन जातिकाे नाममा गणना भएकाे जनसंख्यालाई मगर जातिभित्र समावेश गर्नुपर्छ । किनकि मगर शब्द एउटा अम्रबेला शब्द हाे । यस मगर शब्द भित्र पुन, आले, राना, थापा, घर्ती, बुढाथाेकि बुढा आदि उपथरहरू छन् ।
अन्य मगर भाषा बाेल्ने मगरले पनि भाषा नबाेल्ने मगरलाई पटकपटक मगर भएर नि मगर भाषा नबाेल्ने? मगर भाषा नबाेल्ने मगरनै हाेईन । यसरी भन्न पाउँदैन । किन बाेलेन कारण खाेज्नुपर्छ । र कारणलाई निवारण गर्नुपर्छ ।
त्याे मगर भाषा बाेल्छ । मेराे मगर भाषा बाेल्छ । मगर भाषै बाेल्दैन । याे मगर हाेईन भन्न संसारका कुनै पनि मगरलाई पाउँदैन ।
अबका दिनमा मगर त अँग्रेजि मात्रै बाेल्ने मगर जन्मिसकेका छन् । काेहि मगर हिन्दी मात्रै बाेल्ने मगर छन् । काेहि मगर चाईनिज, जापानीज काेरियन भाषा मात्रै बाेल्ने मगर पनि जन्मेका छन् । जुन भाषा बाेलेनि र जुन सँस्कार मानेनि मगर मगर है । हाे सकेसम्म मगरले मगर भाषा बाेल्नु पर्छ । आफ्नाे मगर भाषा मार्नु हुँदैन ।