मदन राई धरौटीमा छुटे तर उनलाई फाउन्डेसन जान राेक

Read Time:1 Minute, 12 Second

जेष्ठ २२, २०८०
राज्यसत्ता संवाददाता
कृषि विज्ञ मदन राई बाल यौन दुरुपयोगमा पक्राउ परेका थिए । उनी सोमबार घरौटीमा छुटेका छन् । राई आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोग लागेकाे थियाे । गत वैशाख २९ गते राई पक्राउ परेका थिए । मन राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् ।

खाेटाङ जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले मुद्दा फैसला नभइन्जेलसम्मका लागि धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताएका छन् । मदन राई धराैटिमा छुटे पनि फाउन्डेसनमा जान उनलाई रोक लगाइएको छ ।
जेठ २१ गते सरकारी वकिलको कार्यालयले अदालतमा बालयौन दुरुपयोग अभियोग पत्र दायर गरेको थियो ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %