एमसीसीका उपाध्यक्ष ब्रुक्स र उपप्रधानमन्त्री श्रेष्ठ बीच भेट

Read Time:3 Minute, 6 Second

जेष्ठ ६, २०८०
राज्यसत्ता संवाददाता
काठमाडौँ — अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्स उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बिच भेट भई वार्ता गरेका छन् ।

गृहमन्त्री श्रेष्ठ र उपाध्यक्ष ब्रुक्स बिच सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटघाट गरेका हुन् । एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोली नेपाल भ्रमणमा रहेका छन् । उपाध्यक्ष ब्रुक्सले शनिबार गृहमन्त्रालय पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउनभेटमा आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले एमसिसि परियोजना समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरूको एमसिसिलाई आवश्यक सहयोग हुने बताएका थिए ।

गृहसचिव गोविन्द भट्टराईले भने, ‘आज २०८० साल जेष्ठ महिनाको ६ गते गृह मन्त्रालयका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यू र एमसीसीका भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सबीच भेटघाट भएको छ । उहाँहरूको नेपाल भ्रमणको क्रममा माननीय उपप्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट हो,’ उनले भने, ‘एमसीसीका बारेमा सामान्य कुरा गर्न र परिचयात्मक रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थिति हुनुभएको थियो । र, भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिहरूमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरू संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ती, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गर्नुभएको छ ।’

गृहमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन र समयमै सम्पन्न गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरूबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन दिए ।

गृहमन्त्री श्रेष्ठसँगकाे भेटमा उपाध्यक्ष ब्रुक्सको टोलीलेपरियोजनाबारे सामान्य ब्रिफिङ पनि गरेको थियाे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %