
प्रिय रेशम चाैधरि थारूजि
नमस्कार!
विषय: स्वतन्त्र न्यायलयकाे फैसलालाई सम्मान गर्दै जन्मकैदकाे सजाय भाेगिरहँदा कुशल मंगलनै हाेला!
तपाईंलाई स्वतन्त्र न्यायपालिकाकाे तीनवटै तह जिल्ला, उच्च र सर्वाेच्चकाे एउटै स्वरमा जन्मकैदकाे फैसला गरिदियाे । स्वतन्त्र अदालतकाे निर्णय भएकोले यसकाे सम्मान गर्दै मनभित्र उकुसमुकुस भएका केही कुराहरू लेख्दैछु । हुलाक गइन । तपाईं बसेकाे ठाउँमा वाईफाई फ्रि भए र याे लेख भेट्टाए पढ्नुहाेला ।
हुनत रेशमजि टिकापुर घटना अखण्ड सुदुरपश्चिम विरूद्धकाे आन्दाेलन थियाे जस्तो मलाई लाग्दैन । तपाईंलाई कस्तो लाग्छ थाहा भएन । तर म ठाेकुवाका साथ भन्न सक्छु त्याे थारू राष्ट्रहरूकाे आन्दोलन एकल खसभाषा विरूद्धकाे आन्दोलन थियाे । एकल नश्लिय ब्राह्मणवादि शासन विरूद्धकाे विद्राेह थियाे । एकल धार्मिक, साँस्कृतिक र सँस्कार विरूद्धकाे प्रतिकार थियाे । एकल नश्लवादि पहिरन, रहनसहन विरूद्धकाे आन्दोलन थियाे । समग्रमा भन्दा बहुजाति भएको मुलुक नेपालमा एकजातिय शासन र राज्यसत्ताकाे अन्त्य गरि बहुजातीय राज्यसत्ताकाे स्थापनाकाे लागि थियाे जस्ताे लाग्छ मलाई ।
अखण्डसुदुरपश्चिम त नामै काफि छ अखण्ड । अर्थात खण्ड खण्ड(टुक्राटुक्रा) नगरि अखण्ड(नटुक्रयाउने) । सकेसम्म अखण्डवालाहरूले ७ प्रदेशकाे सट्टा ५ विकास क्षेत्रलाई नै उत्तर दक्षिण छाेएकाे बहानामा प्रदेश बनाउन चाहान्थे । अखण्ड सुदुरपश्चिम चाहाने वालाहरू त खसभाषा सरकारि कामकाजकाे भाषा र पठनपाठन भाषाकाे रूपमा अखण्ड रूपले प्रयाेग हाेस भन्ने थियाे वा सधैं प्रयाेग हाेस भन्ने थियाे । अखण्डवालाहरूकाे आन्दोलन त बहुजाति देशमा एकजातिकाे शासन अखण्ड(अनवरत) तवरले अघि बढिरहाेस भन्ने नै थियाे । सिमान्तकृत र किनाराकृतहरूलाई तथा फेंद र पिंधमा परेकाहरूलाई सिमाना र किनारामै राख्ने तथा फेंद र पिंधमा अखण्ड(अनवरत) तरिकाले राख्नकाे लागि थियाे ।
रेशमजि टिकापुरकाे आन्दोलन त्यस्ताे खालकाे हाेला जस्ताे लाग्दैन मलाई । तपाईंले सबै थारू राष्ट्रले मात्रै खानुपर्छ । सबै निकाय अर्थात सबै न्यायलयमा थारू राष्ट्रले मात्रै न्यायाधीश भएर हसुर्नुपर्छ । सबै निजामतीमा थारू जातिका कर्मचारीले मात्रै घिच्नुपर्छ । सबै देशकाे राजदूत थारू मात्रै बन्नुपर्छ । सबै मन्त्री, सांसद, प्रहरी र आर्मीमा थारू जातिले खानुपर्छ भन्ने चिन्तनले टिकापुरकाे विद्रोह वा आन्दोलन भएको भन्ने कुरा रत्तिभर विश्वास छैन ।
बरू टिकापुरकाे तपाईंहरूकाे आन्दोलन त सबै जातिकै भाषा, धर्म, सँस्कार, सँस्कृति सम्मानकाे लागि थियाे जस्ताे लाग्छ । थारू जातिलाई राष्ट्रमा पुर्याउने आन्दोलन थियाे जस्तो लाग्छ । साथसाथै सबै मधेसी, दलित, मुस्लिम र आदिवासीलाई राष्ट्र बनाउने आन्दोलन थियाे । यस्ताे आन्दोलन गरेपछि ओलि, देउवा र दाहालहरूले न्यायलय आफै खडा गर्छन् । आफ्नो पक्षमा न्याय पार्नका लागि न्यायाधीश आफै भर्ति गर्छन् पार्टीको काेटामा । आफ्ना जाति र दलकालाई तथा आफ्ना मान्छेलाई न्यायाधीश बनाएर न्याय आफ्नै पाेल्टामा पार्छन् ।
म तपाईंलाई दुईवटा दृष्टान्त भन्न चाहान्छु
१) सन् १६८५ ताका बेलायतका अन्तिम क्याथाेलिक राजा जेम्स द्धित्तीयले क्याथाेलिक पक्षलाई जाेगाउन कृत्रिम न्यायलय स्थापना गरे । न्यायाधीश नियुक्त गरेका थिए । संसदमा आफू अनुकूल बिल(कानुन) पास गरे । त्यसपछि जेम्स द्धित्तीयले आफ्नाे शासन विरूद्ध गएका आफ्ना भतिज लगायत २५० जना भन्दा बढिलाई फाँसी दिए । राज्यसत्ता खाेस्न खाेज्दा यस्ताे ईतिहास घटेकाे छ । कसाे तपाईं त भाग्यमानी पर्नु भएछ । झण्डै राजा जेम्स द्धित्तीयले झैं हाम्रा देशका राजाहरू दाहाल, ओलि र देउवाहरूले फाँसी दिने कानुन रातारात पारित गरेर जेम्सका भतिज मनमाउथलाई झैं तपाईंलाई फाँसी त दिएन । हुनपनि थारूहरू कमैयानै भएर बसेकाे सुहाउँछ । अन्य आदिवासी, मधेसीहरू भरियार र दास भएकै सुहाउँछ । दलित र मुस्लिमहरू अछुत भएर सास भएको तर साहस नभएको दास भएर बसेकै सुहाउँछ ।
२) दाेश्राे नजिर पनि हेर्नुहाेस न पाकिस्तानकाे निर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भुट्टाेलाई उनै सेनापति जिया-उल-हकले सैनिक विद्रोह गरी अपदस्थ गर्याे । र भुट्टोलाई पाकिस्तानको सर्वोच्च अदालतमा विवादास्पद मुद्दा चलाएर मृत्युदण्ड दिन लगाएकाे थियाे । जसको विश्वव्यापी रूपमा चौतर्फी विरोध भएको थियो।
पाकिस्तानका निर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भुट्टाे निर्दाेष हुँदाहुँदै उनलाई फाँसी दिने निर्णय गरेर राति दुई बजे फाँसी दियाे । झण्डै तपाईंलाई कारागारबाट राति दुईबजे फाँसिदिन लगेकाे छैन दाहाल, ओलि र देउवाहरूले । यसमै खुसि हुनुहाेस् ।
त्यसैले तपाईं नआत्तिएर जन्मकैद भुक्तानी गरेर निस्कनु हाेला । कि आन्दोलन वा क्रान्ति गर्ने त गर्ने वा मान्छे मार्ने त मार्ने कम्तिमा १७ धार्नि नाक काटेर जाेख्नुपर्ने थियाे । वा कम्तिमा १७ हजार मान्छे मार्नुपर्ने थियाे कि पृथ्वीनारायण शाह र पुष्पकमल दाहालले झैं । सके त १७ हजार धार्नि र १७ लाख मान्छे मारेकाे भए जेल बस्न पर्ने थिएनकि! दाेश्राे बिस्तृत शान्ति सम्झाैता हुने थियाे कि?
हुनत आसा गराैं एक दिन रेशम चाैधरि किन जेल परे थारूले मात्रै हाेईन सम्पूर्ण आदिवासी, दलित, मुस्लिम र मधेसीले बुझ्ने छन् कि! चाैधरि त चाैधरि कस्ताे थारू चाैधरि पर्नु भयाे । व्यापारी चाैधरि पर्नुभएन । सजायमा कमि गर्थे कि! झिनाे आसा ।
तपाईंलाई नभेटेकाे तर तपाईंलाई चिनेकाे उहि शुभचिन्तक
पूर्ण बहादुर राना
मिति: २०८० जेष्ठ ६