पहिला भन्याे मानेन । पछि भन्याे मानेन । जब थाल्याे घिच्याउन तब थाल्याे चिच्याउन ।

Read Time:3 Minute, 38 Second

याे माथिकाे उखान अहिले नेपालमा सहि र सत्य चरितार्थ भएको छ । २०४७ साल अर्थात ३३ वर्ष अघि बहुजाती भएको देशमा एकल जातिको सरकार हुनुहुँदैन । बहुजाती भएको मुलुकमा बहुजातिकाे सरकार हुनुपर्छ । एकल जातिको सरकार हुँदा जति भ्रष्टाचार र बेथिति भएपनि नातागाेता, नेताकार्यकर्ता, आफन्त ईष्टमित्र सबै आफ्नै देख्छ । अनि भ्रष्टाचार बढ्छ । भ्रष्टाचार अन्त्यकाे लागि भ्रष्टाचारीलाई कि स्वर्गबास कि सर्वस्वहरण सहित आजिवन काराबास हुनुपर्छ । खसआर्यले भ्रष्टाचार गरे मधेसीले चेकएण्ड ब्यालेन्स गर्न, मधेसीले गरे दलितले चेकएण्ड ब्यालेन्स गर्न दलितले भ्रष्टाचार गरे मुस्लिमले चेकएण्ड ब्यालेन्स गर्न र मुस्लिमले गरे आदिवासीले चेकएण्ड ब्यालेन्स गर्न भनेर राष्ट्रिय जनमुक्ति पार्टी स्थापना भयाे ।

यसकाे लागि पहिलाे हुने निर्वाचित हुने निर्वाचन प्रणाली(First past the post System) ठिक छैन । मिश्रित निर्वाचन प्रणाली(Mixed Electrol System) ठिक छैन । पूर्ण जातीय समानुपातिक प्रणालि(Proportional Representation on the basis of ethnic population) ठिक छ भनेर जनमुक्ति पार्टी अघि बढ्याे । दुर्भाग्य राष्ट्रिय जनमुक्ति पार्टीलाई साम्प्रदायिक, जातिवादि पार्टी भनेर चित्रण गरिह्याे काङ्ग्रेस, एमाले, माओवादी र राप्रपाकाे नेताहरूले । यी कुरालाई पत्याईरह्याे आदिवासीहरूले । यी कुरा पत्याई रह्याे मधेसि, मुस्लिम, दलित र महिलाहरूले ।

जातीय(सामुदायिक ) जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणाली लागू भएको भए संविधानमा भ्रष्टाचारीलाई कडा कारबाही हुने दस्तावेजिकरण भई ऐन कानुन बन्ने थियाे ।

जातीय समानुपातिक निर्वाचन प्रणाली लागू भएको भए काेशि प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश खारेज हुने थियाे । मातृभाषामा कक्षा नर्सरि देखि विश्वविद्यालय तहसम्म पठनपाठन हुने थियाे । अहिले पहिचानबिहिन प्रदेशले हामीलाई घिच्यायाे । कतिपय मातृभाषा मृत भईसके । कति लाेपाेन्मुख भएको छ । हामीलाई मातृभाषा लाेप हुने र मृत्यु हुने चरणले घिच्याएकाे छ । नक्कली भुटानि शरणार्थी, वाईडबडि, एनसेल काण्ड, सुनकाण्ड आदि काण्डै काण्डले घिच्याएकाे छ । बल्ल यति बेला आएर कराउन थालेकाे छ । अहिले चिच्याउन थालेकाे छ । अहिलेकाे कराई र चिच्याई भनेकाे “पहिला भन्याे मानेन । पछि भन्याे मानेन । जब थाल्याे घिच्याउन तब थाल्याे चिच्याउन ।” भन्ने उखान जस्तै हाे ।

1 0
Happy
Happy
50 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %