
वैशाख २०, २०८०
राज्यसत्ता संवाददाता
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनलाई डियरहोल्ड लिमिटेडका संस्थापक एवं कार्यकारी अध्यक्ष तथा हाम्रो पात्रोका निर्देशक बोर्डका अध्यक्ष रुद्र पाण्डेले चप्पल पड्काएर हिंडेकै आधारमा आविष्कार नहुने बताए ।
‘चप्पल पड्काएर हिँड्दैमा आविष्कार नहुने भन्दै पाण्डेले ट्विट गरेका थिए । यसरि लेखेपछि दुबै जनाको ट्वीटबाटै चर्काचर्की परेका छन । दुवै अहिले आराेपप्रत्याराेपमा गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमा पाण्डले लेखेका छन्, ‘नेपाल सरकारको गोब्रे पारा माइतीघर मा २र४ जना उभिए भने २र४ बूँदे सम्झौता गरिहाल्यो । कार्यान्वयन हुने होइन । नेपालमा आविष्कारको बिजारोपण गर्न विश्वविद्यालय सुधार्नु पर्छ । विश्वविद्यालय लेभलमा निजी र सरकारी संस्थाको प्रतिस्पर्धा हुनुपर्छ । विकास बजेटको एक प्रतिशत कहाँ लगाएर आविष्कार गर्ने ?’ हालका टीयू, पीयू र केयूमा त पार्टीका झोले मात्र छन् । अनि विश्वविद्यालयले गरेको आविष्कार बजारमा ल्याउने निजी उद्योगले हो । नेपालमा निजी व्यवसाय फÞस्टाउने वातावरण नै छैन । पुनले चपल पड्काएर हिँड्दैमा आविष्कार हुन्न । जरो नै नभै रुखÞ हुर्किन्न ।’
महाबिर पसनले उद्यमी पाण्डेको ट्विटलाई यसरी जवाफ लेखेका छन्, ‘रुद्र भाइले नेपाल सरकारलाई व्यवसाय विस्तारका लागि धेरै कुराको माग राख्यो होला र सरकारले सुनिदिएन होला । मैले जनतासँग आन्दोलन गरेर राखेको माग सरकारले पूरा गरेपछि रुद्र भाइले नेपाल सरकारसँगको रिस मलाई पोख्यो । त्यति धेरै योगा गर्ने मान्छेलाई लोभ र डाहा नलाग्नु पर्ने हो त ।’
पुन केही दिन माइतीघरमा धर्नामा बसेका थए । धर्नापछि पुन र सरकारबीच ४ बुँदे सहमति भएको थियो। पाण्डेले पुनले चन्दा पठाएको पैसा गोजीमा हाल्ने बानी भएको आरोप पनि लगाएका छन्।
पाण्डेले लेखेका छन्, ‘महावीरको आविष्कार केन्द्रलाई उठाएको पैसा तीन वर्ष जति अगाडि नै नेपाल पठाएर उनीसँग पैसा ट्रान्सफÞर गर्नभन्दा अगाडि पैसा केमा खर्च गर्ने भनेर प्रोजेक्ट डकुमेन्ट मागियो । पुनले म प्रोजेक्ट डकुमेण्ट दिन्न भनेर थर्काए नेपालको डियरवाक फाउन्डेसनको स्टाफलाई । यूएसको च्यारिटीबाट उठेको पैसा बिनाडकुमेण्ट दिन मिलेन । अन्ततः तीन वर्ष पछि पुनले कागज दिए । उनको कागज प्राप्त भएपछि नेपाल समाज कल्याण परिषदको अनुमतिको पर्खाइमा छ डियरवाक फाउन्डेसन । महावीरको तुजुकको कारणले ढिलो भएको हो । कागजपत्र नपुर्याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी पुनले छोडुन्।’
पाण्डेकाे यस्ताे खालको जवाफमा पुनले आरोप प्रमाणित गर्चेन चेतावनी दिएका छन् । आराेप प्रमाणित नगरे मानहानीको मुद्दा दिन सक्ने पसनले बताएका छन्।
पुनले लेखेका छन्, ‘कागजपत्र नपुर्याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी पुनले छोडुन्’ माथि तिमीले भनेको यो कुरा प्रमाणित गर्न सकेनौ भने म तिमीलाई मानहानीको मुद्दा दिन सक्छु । यो धेरैधेरै ठूलो आरोप हो । तिमी लोभी छौ भन्ने कुरा मलाई थाहा छ । तर, तिमी पापी पनि रहेछौ । स्क्रिनसट राखे ।’
पुनले अघि लेखेका छन्,‘रुद्र भाइ, तिमी एउटा सफल उद्यमी हौ, नेपालमा केही रोजगारीको सिर्जना गरेका छौ भनेर म चुप लागेर बसेको हो । पैसा आउला नि त भनेको हो । तिमीजस्तो म हुन सकिनँ । तर, म जस्तो तिमी पनि हुन सक्दैनौ । तिमी धनी भएँ भनेर मलाई साह्रै हेपेर र मैले मरिमेटेर गरेको कामलाई खिल्ली गरेपछि रिस उठ्छ ।’ अर्को ट्विटमा उनले लेखेका छन्, ‘कोरोना महामारीको समय थियो । हामीले कोरोना विरुद्धका लागि सामानहरू बनाउन जे कुरामा खर्च गर्नु पर्छ त्यसैमा सो पैसा खर्च गरिन्छ भनेको हो । डकुमेन्ट दिन्न भनेकै छैन । डकुमेन्ट भनेको राष्ट्रिय आविष्कार केन्द्रको दर्ता, कर चुक्ता र प्यान नम्बर हो । त्यो नदिने कुरा थिएन । धेरै हेपेर नबोलम् त ।’
पुनमाथी पाण्डेले आराेप लगाउन छाेडेका छैनन्। पाण्डेल अर्को ट्विटमा आफ्ना एक अमेरिकी साथीबाट २० हजार अमेरिकी डलर लिएर पनि काम नगरेको भन्ने विषय राखेका छन्। पाण्डेले लेखेका छन्, ‘महावीर कै कुरा— उनले मेरो अमेरिकन साथिसँग धादिङको एउटा स्कुलमा इन्टरनेट पुर्याउन २० हजार डलर लिए । तर, काम गरेनन् । अन्तमा मेरो साथीले अर्को कम्पनीलाई लगाएर काम गराए । मेरो साथीले कति सम्पर्क गर्न खोजे तर पुनले वास्तै गरेनन् ।’
यसको जवाफमा महाबिर पुनले लेखेका छन्, ‘ए रुद्र भाइ, तिमी आउ र सँगै धादिङका ती गाउँहरूमा सँगै जाउँ । र, त्यहाँका गाउँलेहरूसँग सँगै कुरा गरौँ । यहीँ नजिकैको धादिङ जिल्ला हो । त्यहाँ हामीले हालेको इन्टरनेटको टावरहरू पनि हेरौं । महावीरले इन्टरनेट हालिदिएको हो कि होइन भन्ने कुरा थाहा हुन्छ । धेरै फटाहा र पापी कुरा नगर ।’
पुनले फेरि ट्वटि गर्दैै लेखेका छन्, रुद्र भाई, नागढुंगा बाट धादिंग दामेचौरको जुरेथुम डांडामा टावर बनाएर आदर्श माबि, लिती महाकाली माबि, महाकाली माबि, बागेश्वरी माबि र प्रेम सागर फाउन्डेसन भान्साघरमा इन्टरनेट जडान, तालिम दिएको हो। ‘