चैत्र २८, २०७९
राज्यसत्ता संवाददाता
सरकारले विदेशबाट ल्याइने तथा स्वदेशमै उत्पादित तरकारी तथा खाद्यान्नमा विषादिको मात्रा परीक्षण गर्ने निर्णय गरेकाे छ । मंगलबारको मन्त्रिपरिषद्काे बसेकाे बैठकले खाद्यान्न तथा तरकारीमा विषादी जाँच गर्ने कार्यविधि पारित गरेकाे कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालले बताए ।
मन्त्री भुसालले भने ‘आज कार्यविधि पारित भएको छ । अब भोलिदेखि नै यो कार्यान्वयनमा जान्छ । विदेशबाट ल्याएको मात्रै नभएर स्वदेशमै उत्पादन भएका तरकारी र सबै किसिमका खाद्यान्नमा पनि विषादीको मात्रा कति छ भनेर जाँच गरिन्छ,’ ।