नेपाल मगर बौद्ध सेवा समाजकाे छैठौं महाधिवेशनबाट देउ बहादुर राना पुन: अध्यक्षमा निर्वाचित

Read Time:2 Minute, 34 Second

पूर्ण बहादुर राना

नेपाल मगर बौद्ध सेवा समाज केन्द्रीय समितिकाे छैठौं राष्ट्रिय महाधिवेसन ईतिहासविद् एवं पुर्व श्रम मन्त्री एम. एस. थापाकाे प्रमुख आतिथ्यतामा २०७९ चैत्र २० गते रुपन्देही जिल्ला कञ्चन गाउँपालिका वडा नं.४ तल्लो अस्नैया मंगल नालन्डा बुद्ध विहारमा सम्पन्न भएको छ । छैठौं राष्ट्रिय महाधिवेशनले क्याप्टेन देउ बहादुर रानाकाे अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । महाधिवेशन चैत १८ देखि २० गतेसम्म चलेकाे थियाे । १) अध्यक्ष देऊ बहादुर राना मगर
२) उपाध्यक्ष बल बहादुर रखाल मगर
३) महासचिव भिम बहादुर गर्मुछान मगर
४) सचिव शम्भु राना मगर
५) सचिव
६) महिला सचिव पार्वती पुन मगर
७) काेषाध्यक्ष शंकर बुडाथाेकी मगर
८) सह-काेषाध्यक्ष कुबिर बहादुर त्राेकछाकी मगर
९) सदस्य कृष्णा काउचा मगर
१०) सदस्य टंक बहादुर राना मगर
११) सदस्य यम बहादुर मसराङ्गी मगर
१२) सदस्य रेखा कुमारी थापा मगर
१३) सदस्य राजन पुलामी मगर
१४) सदस्य शक्ति प्रसाद श्रीस मगर
१५) सदस्य मिठा बहादुर सिंजाली मगर

२०५५ सालमा नेपाल मगर संघकाे पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले मगर जातिकाे धर्म बाैद्ध हाे भनी ऐतिहासिक आधारमा निर्णय गरेकाे थियाे । यस पछिका दिनमा मगरहरूले गर्भमंगल, जन्म, न्वारन, विवाह, मृत्यु र कुल पुजामा बाहुन पुरेत हटाएर मगर वापा मापाबाट काम चलाउँदै आएकाे छ । तुलनात्मक रूपमा विगतमा भन्दा अहिले मगरहरूमा बुद्ध धर्म अँगाल्नेकाे संख्या बढेकाे छ । बुद्ध धर्म मगरकाे धर्म हाे भन्ने चेतना फैलिएको छ । तथागत(भगवान) बुद्ध मगरकाे कुल र मुलमा जन्मेकाे प्रामाणिक आधारमा मगरले गहिराे विश्वास गर्दछ । भविष्यमा बाैद्ध धर्म अँगाल्ने मगरकाे संख्या अझ बढेर जानेछ ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %