चैत्र १८, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुको निगरानीमा राष्ट्रपति पौडेल रहेको जनाएको छ ।
डिउटी अफिसरले निकालेको विज्ञप्ति अनुसार ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ,’ ।