
चैत १५,२०७९
आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको दिन हाे । आजबाट सुरू भएको मच्छिन्द्रनाथकाे पहिलो दिन अपराह्न ४ बजेबाट मच्छिन्द्र बहालदेखि सुरु भएको रथयात्रा असनसम्म पुगेको छ। मच्छिन्द्रनाथकाे रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको हो।
भोलि अपराह्न पाँच बजेदेखि साढे ६ बजेसम्मको अवधिमा असनबाट बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथयात्रा गरिनेछ।
मच्छिन्द्रनाथकाे रथयात्रा चैत १७ गते हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ भने १८ चैतमा लगन आमा रुख परिक्रमा गराइनेछ।
अन्तिम मच्छिन्द्रनाथकाे रथयात्रा १९ चैतमा लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिती भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ।





