
चैत १४, २०७९ गते
राज्यसत्ता संवाददाता
साेमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् । ओलिले नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आएका ओलीले मंगलबार रेसुंगा क्षेत्रको भ्रमण गरेका हुन् ।
अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि गुल्मि आएकि थिईन ।
ओलीले यो क्षेत्र आध्यात्मिक र धार्मिक तपोभूमि रहेको बताए ।
ओलिले हिन्दु धर्मशास्त्र अनुसार रामायणको राजा दशरथका सन्तान नभए पछि उनी अयोद्या पुगेर ऋषि ऋष्यशृंगको सुझाव अनुसार पुत्रेष्टि महायज्ञ गरेर पत्रलाभ भएको बताए ।
ओलि रेसुङ्गा क्षेत्र ऋषि ऋष्यशृंगले तपस्या गरेको स्थल भएको बताए । ओलिले रेसुङ्गा क्षेत्र चिन्तक, दार्शनिक र सभ्यता सुरु गर्नेहरुको स्थल भएको बताए ।
ओलीले गुल्मीकै अर्को धार्मिक क्षेत्र रुरुको पनि अवलोकन गरेका छन् । रुरुक्षेत्रमा रहेकाे तीन मुखे पुलको पनि ओलिले अवलोकन गरेका छन् । ओली यी क्षेत्रकाे भ्रमण र गुल्मीका कार्यक्रम सकेपछि उनी पाल्पाको कार्यक्रममा गएका थिए ।
ु