ओलिले माओवादी र एसका इमानदार कार्यकर्तालाई एमालेमा प्रवेश गराई जिम्मेवारी दिने

Read Time:3 Minute, 8 Second

चैत्र १५, २०७९
एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी र नेकपा एकीकृत समाजवादीमा रहेका इमानदार नेता कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराउन एमाले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

ओलिले माओवादी र एसका ईमानदार कार्यकर्ताहरूलाई ती पार्टीका नेताहरुले भ्रममा राखेकाे बताए । ती पार्टीका इमानदार नेता कार्यकर्तालाई दुवै पार्टीका नेताहरुको भ्रमबाट मुक्त गरेर एमालेमा जिम्मेवारी दिन अध्यक्ष ओलीले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । एमालेले संचालन गरेकाे ‘मिसन ग्रासरुट’सँगै उनले नेकपा एस र माओवादीका नेता कार्यकर्तालाई एमाले प्रवेशको अभियान चलाएको पनि बताए ।

ओलिले सबै नेता कार्यकर्ताहरुलाई हिजोका कमीकमजोरी भुलेर अब एमालेमै गोलबन्ध गर्ने अभियानमा लाग्न पनि एमाले नेता कार्यकर्तालाई ओलीले निर्देशन दिएका छन् । ओलिले माधव नेपाल प्रति ईङ्गित गर्दै भने, ‘पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्, उनीहरु फाटोवादी हुन्, अनि कम्युनिस्टको सरकार ढलाएर कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चाहिँ समाजवादी राखेर भ्रमित बनाउने ?,’ ओलिले भने, ‘त्यसैले त्यहाँ रहेका इमानदार कार्यकर्तालाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’

ओलिले माओवादी पार्टीमा पनि धेरै इमानदार कार्यकर्ताहरु अहिले पनि कम्युनिस्टको नाममा शरीरभरि गोली बोकेर, अंगभंग भएर परिवारका सदस्य गुमाएर बसेको बताए । तर कार्यकर्ताले पिडादायि जीवन बिताउँदा पनि नेताहरू भने विलाशी बनेको बताए ।

ओलिले भने ‘प्रचण्डसहितका नेताहरुलाई मस्ती छ, अब ती कार्यकर्ताको चेत खुलाउनेगरी अभियान थाल्नुपर्दछ, भ्रमबाट मुक्त गर्नुपर्दछ,’ । उनले भने ‘माओवादीमा नेता खराब छन्, कार्यकर्ता इमानदार छन, उनीहरुलाई पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’

ओलिले एमालेले असल अभ्यासको थालनी गरेकाेले ३० वर्षमा हुन नसकेका काम ९ महिनामा भएको बताएका छन् ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %