कोशी नामकरणविरुद्धको आन्दोलनमा विराटनगरमा झडप

Read Time:1 Minute, 54 Second

चैत्र १४, २०७९
राज्यसत्ता संवाददाता

आदिवासी जनजाति समुदायले विराटनगरमा प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोध प्रदर्शनमा झडप भएको छ । प्रदेश १ काे पुनः नामांकन गर्न दवाव दिनकाे लागि गरिएको संयुक्त संघर्ष समितिले विराेध प्रदर्शन गरेकाे हाे । साे प्रदर्शन आन्दोलकारि र प्रहरी बिच झडप भएको हो ।

विराेध प्रदर्शनमा प्रदर्शनकारीले विराटनगरको रोडशेष चोकमा प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताएका छन् । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको उनले बताए ।


राेडशेष चाेक विराटनगरमा आन्दोलनलाई मत्थर पार्न अहिले व्यापक प्रहरी परिचालन गरेको छ । रोडशेष चोकमा रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगि विराेध प्रदर्शन गरेका थिए ।

साे कार्यक्रम आन्दोलनका कारणले आयोजकले स्थगित गरेको छ । प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ । बिग होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकाे छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %