काङ्ग्रेसकाे ८ मन्त्रालयमा दाबी

Read Time:2 Minute, 9 Second

चैत्र ११, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — नेपाली कांग्रेसको पदाधिकारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराही शनिबार साँझ बसेको थियो । उपसभापति पूर्णबहादुर खड्काले मन्त्रालयको भागबन्डामा कांग्रेसले कति मन्त्रालय पाउने साेको संख्या टुंगो नलागेको बताए ।

काङ्ग्रेस पार्टीले ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै दिन सकिने कुरा आएको बिफ्रिङ गरेको छ । प्रधानमन्त्री प्रचण्डले सरकारमा १० राजनीतिक दललाई सहभागि गराउन खोजेका छन् । काङ्ग्रेसको ८७ सिट छ । गठबन्धनमा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ ।

काङ्ग्रेसको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको एक नेताले बताएकाे छ ।

आगामी वैशाख १० मा प्रतिनिधसभाका बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ । र साे निर्वाचनमा उम्मेदवार टुङ्गो लगाउन पर्सि बैठक बस्ने भएको छ ।।पार्टी प्रवक्ता प्रकाशशरण महतले भने ‘पर्सि उपचुनावका लागि उम्मेदवार टुंगो लगाउने र सिट बाँडफाँट गरेर चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको छ,’ उनले भने , ‘संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको छ ।’

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %