-पूर्ण बहादुर राना
हामी त सन्तुष्ट छाैं
सन्टुष्ट नभएका त
साम्प्रदायिकहरू हुन्
जातिवादिहरू हुन्
खुबि नभएकाहरू हुन्
जनमुक्ति भन्नेहरू हुन् ।
पाैडेल राष्ट्रपति हुँदा
दाहालले विश्वासकाे मत पाउँदा
हामी खुसि छाैं
हाम्रा पार्टीका नेता
राष्ट्रपति र प्रधानमन्त्री भएकोमा
हामी खुसि छाैं
खुसि भएर त
क्षमतानुसार
बियरकाे बिर्काे खाेल्याैं
घैंटाे र खाेयाकाे बिर्काे खाेल्याैं
ब्राेईलर सुँगुरकाे घाँटी रेट्याैं
सितनबिना पनि पियाैं
नसक्ने त्यतिकै खुसि छन् ।
हामी त खुसि छाैं
किनकि
हामी प्रधानमन्त्री
राष्ट्रपति नभएनि
हाम्राे भाेटले
पाैडेल दाहाल राज्यप्रमुख छन्
हामीले
वडा सदस्य पाएका छाैं
वडाअध्यक्ष पाएका छाैं
उपाध्यक्ष छन्
कति मेयर भएका छन्
नचाहाँदा नचाहाँदै
यी सम्प्रादियकहरूले गर्दा
प्रदेश र संघमा
सांसद र मन्त्री पाएका छाैं ।
आखिर
हामी काङ्ग्रेस कम्युनिस्ट भएनि
आदिवासी नै हाैं
दलित नै हाैं
मधेसी नै हाैं
मुस्लिमनै हाैं
तर यी जस्ता साम्प्रदायिक हाेईनाैं ।
हामीलाई पाैडेल दाहालकाे
भाषा बाेल्न पाउँदा
धर्म सँस्कार मान्न पाउँदा
खुसिले गदगद छाैं ।
यी साम्प्रदायिकहरूले त
राष्ट्रपति चाहियाे
भाषा, सँस्कार चाहियाे
कार्यकारि प्रधानमन्त्री
मुख्यसचिव चाहियाे भन्छन्
यी साम्प्रदायिकहरूले
यसरी प्रधानमन्त्री माग्दा
हाम्रो मुटु थररररर काँप्छ
किन चाहियाे यत्राे पद?
यिनलाई देख्दा त
के गराैं र कसाैं गराैं हुन्छ ।
कता साम्प्रदायिकाे माग
पाैडेल ल दाहालले सुने भने
के भन्ला जस्ताे लाग्छ ।
हामीलाई त
काङ्ग्रेस र कम्युनिस्टकाे
टाेल भए काफि छ
चाेक्टा नभए झाेल काफि छ
वडा काफि छ
पालिका झन काफि
अरू त भन्न नि मुटु सिरिङ हुन्छ
काेशि काफि छ
गण्डकी बागमती काफि छ
लुम्बिनी काफि छ ।