चैत्र ४, २०७९
राज्यसत्ता संवाददाता

अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहार रूपन्देही शंकरनगरको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधरण सभामा पाल्पा रिब्डीकोट बुद्ध विहारका अध्यक्ष हुम बहादुर थापाज्युलाई अतिथिको रुपमा मञ्चमा सम्मान गरिएको थियाे । वहाँलाई साे सम्मान कार्यक्रममा मायाकाे चिनाे प्रदान गरिएको थियाे ।
विहारका धम्मनुशाक विहार प्रमुख भिक्षु ज्ञानेन्द्र मगर भन्ते ‘कोविद’ स्थविर ज्युको प्रमुख उपस्थिति थियाे । भिक्षु आनन्द भन्ते ज्युको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष धम्मघोषको स्वागत मन्तव्यमा विहारका महासचिव यम बहादुर बाकाबल ज्युले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो कार्यक्रममा स्थायी घर भुटान भएका र हाल USA मा बस्नुहुने भर्खरै यहिं विहारबाट भिक्षु बन्नु भएका विमल भन्ते ज्यु सहित गुरुमा,वापा/मापा, पाल्पा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीका विभिन्न विहार, गुम्बा र विभिन्न बिद्यालयका प्रध्यापक, शिक्षक स.सका अध्यक्ष ज्युहरुको पनि उपस्थिति रहेको थियो ।




