कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन पोखरामा सम्मानित

Read Time:3 Minute, 7 Second

चैत्र ४, २०७९
राज्यसत्ता संवाददाता
पोखरा — ८० वर्ष पूरा भएको अवसरमा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’लाई शनिबार पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरि सम्मान गरिएको छ । वात्स्यानलाई पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा सम्मान गरिएकाे हाे । वात्स्यानलाई तीन दर्जन वाङ्ममय तथा सामाजिक संघसंस्थाले उनलाई विशेष अभिनन्दन गरेकाे छ ।

वात्स्यानलाई सम्मान गरिएकाे रथयात्रा नदीपुरस्थित उनको घरबाट सुरू भएको थियाे । उनलाई नदिपुर हुँदै बगर, बागबजार, विन्ध्यवासिनी मन्दिरमा पुर्याईएकाे थियाे । विन्ध्यवासिनि मन्दिरमा पुगेपछि रथयात्रा अभिनन्दन समारोहमा परिणत भएको थियो । रथयात्रालाई स्थानीयले बाजागाजासहितको घरघर अघि फूल र घडाले स्वागत गरेकाे थियाे । वात्स्यानलाई समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरिएकाे थियाे ।

अभिनन्दन कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनलाई ‘व्यंग्यचित्रका बादशाह’ हुन भनेका थिए । तीर्थ हश्रेष्ठले भने ‘समाजका विकृति, विसङ्गति, राजनीतिका विकृति, विसङ्गतिको विरूद्धमा कार्टुनको माध्यमबाट कसैले युद्ध छेडेका छन् भने त्यो वात्स्यायनले छेडेका छन्,’ उनले भने, ‘प्रजातन्त्र प्राप्तिको इतिहासमा कार्टुनको माध्यमबाट उनले जति योगदान अरूले पुर्‍याएका छैनन् ।’ पोखरालाई चिनाउन वात्स्यायनको योगदानरहेकाे चर्चा गरे ।

वात्स्यायनले साे समाराेहमा चित्रकलाका सुरूआति दिनदेखिका आफ्ना संघर्ष गाथा सुनाएका थिए । वात्स्यान काठमाडौंबाट पोखरा फर्किएर इगल आई आर्ट स्टुडियो खोलेकाे प्रसङ्ग व्यक्त गरे । उनले पसल सुरू गर्नुनै उनकाे सम्पूर्ण कलायात्राको ‘टर्निङ प्वाइन्ट’ भएको बताएका थिए । उनलाई अभिनन्दनले थप जिम्मेवारीबोध गराएको बताए । उनले आफुले सकेसम्म चित्रकलालाई साथ दिने बताए । ‘यो अभिनन्दन पाएर आफूलाई सौभाग्शाली सम्झिएको छु,’ उनले भने, ‘पोखराले गर्दा सबैथोक पाएँ ।’ सम्मान समाराेह पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलकाे सक्रियतामा सम्पन्न भएकाे थियाे ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %