रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भए

Read Time:3 Minute, 42 Second

चैत्र ३, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ – नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता हुन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । रासहायप्रसाद यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका छन् । यादवले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका थिए ।

उपराष्ट्रपतिलाई प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । नव निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले ६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।
यादवका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । जनमत पार्टीकाे तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छन् । प्रमिला कुमारि झाले सत्ता गठबन्धन दलहरूकाे आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।

उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । रामसहायप्रसाद याखव जसपाका संसदीय दलका नेतासमेत हुन् । रामसहायप्रसाद यादव विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका थिए । यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । यादवले शिक्षण पेसा त्यागेर २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

यादव पछि मधेसी जनअधिकार फोरमको संस्थापक महासचिवसमेत बने । उनी २०६४ सालमा सम्पन्न स
पहिलाे संविधानसभाकाे निर्वाचनमा बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि यादव २०७४ र २०७९ को निर्वाचनमा पनि बारा क्षेत्र नं.२ बाटै निर्वाचित भएका थिए ।

रासहायप्रसाद यादव तीनवटै मधेस आन्दोलनमा सक्रिय सहभागी थिए । रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %