
त्रिवि क्रिकेट मैदानमा उपस्थित दर्शक । तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)
चैत २, २०७९,
राज्यसत्ता संवाददाता
काठमाडौं
किर्तिपुर त्रिबि क्रिकेट आईसीसी विश्वकप लिग-२ नेपालले युएईलाई हराउँदै विश्वकप खेल्न पाउने भएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको हाे । युएईलाई नेपालले डिएल मेथोडमा नौ रनले हराई दिएकाे थियाे । युएईलाई नेपालले हराउँदै विश्वकप छनोटमा परेकाे हाे ।

कीर्तिपुरमा स्थित त्रिवि मैदान बिहीबार जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । खेलका लागि पर्याप्त प्रकाश थिएन । पर्याप्त प्रकाश नहुँदा पनि नेपालले डक वर्थ लेविस (डीएल) मेथोडको आधारमा खेल जितेको हो।
अम्पायरले खेल रोक्दै नेपाललाई विजेता घोषित गरेपछि युएईका खेलाडीले भने असन्तुष्टि जनाए भने नेपाली खेलाडीले विजयी भएकोमा खुसीयाली मनाए ।
नेपालले सुरुवामा कमजाेर बलिङ गरेकाे थियाे भने नेपालले ब्याटिङमा राम्रो गरेकाे थियाे । जितका लागि विशाल योगफल पछ्याएको नेपालका लागि भीम सार्कीले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ७६ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।

आरिफ शेखले ५२ तथा ओपनर कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । शेखले ६२ बलमा दुई चौकाको सहयोगमा उक्त रन जोडे । भुर्तेलले ३५ बलको सामना गरे । उनले तीन चौका र चार छक्का हानेल । यस्तै गुल्सन झाले अविजित ५०, कप्तान रोहित पौडेलले १६ र दीपेन्द्र सिंह ऐरीले १० रन बनाएका थिए ।
युएईका जुनईद सिद्धिकीले बलिङ गर्दत तीन विकेट लिए । आयान अफ्जल खानले दुई तथा जाहोर खानले एक विकेट लिएका थिए । युएईले टस जितेर पहिला ब्याटिवङ गरेको थियाे । युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय १० रनको विशाल योगफल बनाएको थियो ।
युएईका लागि आशिफ खानले एक सय एक रनको शतकीय पारी खेले । खानले ४२ बलमा चार चौका र ११ छक्काको सहयोगमा उक्त रन बनाएका थिए ।
वृत्य अरविन्दले ९४ रन बनाए भने कप्तान मोहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन बनाएका थिए । नेपालका दीपेन्द्रसिंह ऐरीले बलिङ षर्दा दुई विकेट लिएका थिए। ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

नेपालले याे जितसँगै आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको छ । नेपालले घरेलु सिरिजमा क्लीन स्वीप गरेको छ । नेपाल लिगको सबै ३६ खेलबाट ४० अङ्क जोड्दै तेस्रो भएकाे थियाे । समान खेलबाट ३३ अङ्क बनाएको युएई छैटौँ स्थानमा रह्यो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) ११ अङ्क जोड्दै अन्तिममा रहेकाे छ । नेपालको जितले ३९ अङ्क बनाएको नामिबिया चौथो स्थानमा झरेको छ ।
सात टोली सहभागी लिगमा स्कटल्यान्ड च्याम्पियन बन्दै शीर्षस्थानमा छ । ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले यसअघि नै जिम्बावेले यात्रा तय गरिसकेका छन् । लिगमा ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा रहेको छ ।
लिगको अन्तिम चारमा रहेका टोलीले अब यसै महिनाको अन्तिममा नामिबियामा हुने प्लेअफ क्वालिफायर खेल्नेछन् । प्लेअफ क्वालिफायरमा लिग–२ को अन्तिम चारमा रहेका युएई, अमेरिका, नामिबिया र पीएनजीसहित आईसीसी च्यालेन्ज लिग समूह ‘बी’ को विजेता जर्सी र ‘ए’ को विजेता क्यानडागरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यी ६ टोलीबाट शीर्ष दुईले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।
जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा विश्वकप छनोटमा सुपर लिग–२ को अन्तिममा रहेका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली रहनेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहबाट शीर्ष तीन तीन टोलीलेसुपर सिक्समा स्थान बनाउनेछन् ।
सुपर सिक्समा एक अर्कासँग खेल्नेछ । शीर्ष दुईमा रहने टोली गमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । अब भारतमा हुने विश्वकपमा जम्मा १० टोलीको सहभागिता हुनेछ ।
