राष्ट्रपति पौडेलले प्रमुख स्वकीय सचिवमा चालिसेलाई नियुक्त गरे

Read Time:1 Minute, 21 Second

फाल्गुन ३०, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — पूर्वराजदूत सुरेशचन्द्र चालिसे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमानियुक्त भएका छन् । चालिसे वैदेशिक मामिलाका जानकार मानिन्छ । मंगलबार राष्ट्रपति पौडेलले चालिसेलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि चालिसे अमेरिका र बेलायतका लागि राजदूत बनिसकेका छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा चालिसे परराष्ट्र सल्लाहकार थिए ।

यसरिनै राष्ट्रपति पौडेलले निजी सचिवका रुपमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । अधिकारी लामो समयदेखि पौडेलको सहयोगीको रुपमा काम गर्दै आएका छन् ।
साेमबार राष्ट्रपति पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए । फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनबाट पौडेल निर्वाचित भएका हुन् ।

2 1
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
33 %