
-पूर्ण बहादुर राना “मेल्क्हाट माम्हिन्चाे”
तमुवान मगरात
गण्डकी भयाे
हाम्रै कारणले हाे ।
थारू-मगरात
लुम्बिनी भयाे
हाम्रै कारणले हाे ।
तामसालिङ नेवा
बागमती भयाे
हाम्रै कारणले हाे ।
किरात लिम्बुवान
काेशि भयाे
हाम्रै कारणले हाे ।
केके भयाे
जेजे भयाे
केके हाेला
जेजे हाेला
हाम्रै कारणले हाे ।
नत्र
काङ्ग्रेस र एमालेका
माओवादी एसका
देउवा पाैडेले
ओलि दाहालले
कहिले भनेकाे थियाे र?
तमुवान-मगरात दिन्छु भनेर?
थारूहट, नेवा तामसालिङ दिन्छु भनेर?
किरात लिम्बुवान दिन्छु भनेर
मैले त थाहै पाईन
सायद म बहिराे भएर हाेकि!
म अन्धाे भएर हाेकि!
म बाैलाहापागल भएर हाेकि!
मेराे ब्रह्माले भ्याएसम्म
ओलि, देउावाले
दाहल नेपालले
ढाँटैकै छैन
पहिचान दिन्छु
समानुपातिक दिन्छु
अधिकार दिन्छु भनेकै छैन ।
हामी सिद्धिएका त हाम्रै कारणले हाे
अमिलाेकाे रूखमा मेवा फल्छ भनेर हाे
पुर्व हिंडेर पश्चिम पुग्छु भनेर हाे
दुधकाे साक्षि बिरालाे राखेर हाे
स्याललाई कुखुरा पैंचाे दिएर हाे ।
त्यतिकै उखान बनेकाे हाेईन
नाँच्न नजान्ने आँगन टेढाे
दुःख पायाे मंगले आफ्नै ढंगले
हामी सिद्धिएका हाम्रै कारणले हाे ।
