उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारै जनाकाे उम्मेदवारी कायम गरि अन्तिम नामावली प्रकाशन

फाल्गुण २८,२०७९
राज्यसत्ता संवाददाता

२०७९ चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनकाे लागि उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम गरि चारैजनाकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हाे।

उपराष्ट्रपतिमा उम्मेदवार दिनेहरू जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र प्रमिला कुमारी, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको मनाेनयन दर्ता भएको थियो।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेकाे अन्तिम नामावलीमा उनीहरू चारैजनाकाे उम्मेदवारी कायम रहेकाे जनाएको छ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %