नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

Read Time:4 Minute, 9 Second

फाल्गुन २५, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ – आज बिहिवार भएकाे राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेल विजयी भएका छन् । पाैडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडलले घोषणा गरेको मतपरिणाम अनुसार रामचन्द्र पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे विजयी भए भने उनका प्रतिस्पर्धी शुभाष नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।
राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मतदान गरेका थिए । राष्ट्रपति चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । तर पाैडेलले ३३ हजार ८ सय २ मत ल्याउन सफल भए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

राष्ट्रपति निर्वाचनकाे मतदानमा १४ जना राप्रपाका सांसद अनुपस्थित रहे । यसरिनै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएका थिएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेकाले उनिहरू उपस्थित हुन सकेनन् । अर्का एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् ।राष्ट्रपति मतदानमा प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव पनि अनुस्थित रहेकि थिइन् ।

रामचन्द्र पाैडेल २००१ साल असोज २९ गते तनहुँको रिस्तिमा जन्मेका थिए । उनले ६३ वर्षे सक्रिय राजनीति गरेका थिए । २०७७ सालमा १७ पटक प्रचण्डसँग प्रधानमन्त्री पदमा हार व्यहाेरेका रामचन्द्र पाैडेल अब राष्ट्रप्रमुख बनेका छन् । ६ दशक नेपाली कांग्रेस पार्टीकाे प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने ठाउँमा आइपुगेका छन् ।

२०४८ सालदेखि अनवरत चुनाव जितेका रामचन्द्र पौडेल ६ पटक सांसद भए । १५ वर्ष जेल जीवन विताएका रामचन्द्र पाैडेलले संसदीय निर्वाचनहरू २०४८, २०५१, २०५६, २०६४, २०७० मा विजयी भएका थिए । संसदीय निर्वाचन २०७४ मा उनले हार व्यहाेरे । र यसपटक २०७९ सालकाे संसदीय निर्वाचनमा छैटौं पटक जितेर राष्ट्रपति भएका छन् । उनले संसदीय निर्वाचन तनहुँ जिल्लाबाट जितेका हुन् । यस पटक पाैडेललाई नाै दललकाे समर्थन थियाे । पाैडेल ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बनिसकेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %