हुम्लामा हेलिकोप्टरबाट नुन ढुवानी

Read Time:3 Minute, 30 Second

हेलिकोप्टरबाट ढुवानी गरिएको नुन झारिँदै हुम्लाको सिमकाेट विमानस्थलमा ।

फाल्गुन २४, २०७९
रज्यसत्ता संवाददाता
हुम्लामा साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका गाउँगाउँमा हेलिकोप्टरमार्फत नुन ढुवानी गर्न थालेको छ । कर्णाली करिडोरअन्तर्गत दुल्लीकुनादेखि लालीबगर खण्डमा सडक निर्माणको काम भइरहेकाे कारणले सडकमार्गबाट ढुवानी गर्न समस्या भएपछि सर्केगार्ड गाउँपालिका–६ को ग्युसीबाट हेलिकोप्टरमा नुन ढुवानी गर्न थालिएको हो ।

सुर्खेतबाट पैदल बाटोबाट सलीसल्ला हुँदै ग्युसीसम्म गाडीमा नुन ल्याइएको हो । कैलाश एयरको हेलिकोप्टरबाट ग्युसीहुँदै खार्पुनाथका ५ वटा वडा र सदरमुकाम सिमकोटसम्म नुन ढुवानि भइरहेको छ । सरकारले ढुवानी अनुदान दिएकाे छ । यहि अनुदानमा हुम्लामा नुन बिक्रीवितरण गरिरहेको छ । साल्ट ट्रेडिङका शाखा प्रमुख राजबहादुर लामाले माथिल्लो हुम्लाका ३ वटा नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका लागि चालु आर्थिक वर्षका लागि आएको २ हजार २ सय क्विन्टल नुन हेलिकोप्टरमार्फत ढुवानी भइरहेको बताएका छन् । लामाका अनुसार अहिलेसम्म १ हजार ५ सय १२ क्विन्टल नुन ढुवानी भईसकेकाे छ । लामाकाे भनाई अनुसार ५ वटा वडा रहेको खार्पुनाथ गाउँपालिकाका सबै वडामा हेलिकोप्टरबाटै ढुवानी गरेकाे छ । अहिलेसम्म खार्पसनाथ गाउँपालिकाकाे ५ वटा वडामा १ हजार १ सय ९७ क्विन्टल नुन वितरण गरिएको लामाले बताएका छन् । लामाका अनुसार पालिकाका २१ वटा बस्ति छ । उनले ती २१ वटै बस्तीमा नुन वितरण गरिएको जनाएकाे छ ।
स्थानीय अगुवा भीमबहादुर रावलले गाउँमै हेलिकप्टरबाट नुन पुगेपछि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट स्थानीय बासिले मुक्ति पाएको बताए । ती ठाउँमा हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गरिरहेको छ । हेलिकप्टरबाट नुन ढुवानी गर्दा सिटमा भन्दा झुन्ड्याएर बढी नुन ढुवानी गर्न सकिने लामाले बताए । यसरी नुन ओसार्दा बढि नुन ढुवानी गर्न सकेकाे लामाले बताए । शाखा प्रमुख लामाले भने ‘भित्र राख्नुभन्दा झुन्ड्याएर ल्याउादा ५० केजी बढी ढुवानी हुने रहेछ,’ उनले भने, ‘सरकारले नै ढुवानी भाडा तिर्ने भएकाले प्रतिकेजी ९ रुपियाामा नुन बिक्री गरिरहेका छौं ।’

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %