नौ दलीय गठबन्धनले मतदातालाई बुधबार काठमाडौं आइपुग्न कडा निर्देशन जारि

Read Time:2 Minute, 58 Second

फाल्गुन २३, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — नाै दलिय गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं अनिवार्य आइपुग्न निर्देशन दिएको छ । गठबन्धनकाे कार्यदलको मंगलबार बसेको बैठकले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनका सबै मतदातालाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न र दलमा सम्पर्क राख्न निर्देशन दिएको हो ।

कांग्रेस उपसभापति एवम् गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे पनि छलफल भएको बताएका छन् ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले मतदातालाई प्रशिक्षित गर्ने, मत बदर हुन नदिने र समयमै आएर मतदान गर्न समन्वय गर्ने हिसावले गठबन्धनको कार्यदलमा छलफल भएको जानकारी दिए ।

राजेन्द्र श्रेष्ठले भने ‘आ-आफ्नो पार्टीका सबै मतदातालाई समन्वय गर्ने र सकेसम्म निर्वाचनमा मत बदर हुन नदिने भनेर छलफल भयो । सबै मतदातालाई हामीले बुधबार विहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएका छौँ,’ ।

नेकपा एसका महासचिव बेदुराम भुसालले गठबन्धनलाई थप विस्तार गर्ने सन्दर्भमा समेत छलफल भएको बताएका छन् । ‘गठबन्धनमा अन्य दलहरू पनि जोडिने भन्ने छ, सबै दलहरूलाई जोडेर बलियो गठबन्धन बनाएर अघि बढ्ने हो,’ बेदुराम भुसालले भने ।

कार्यदलका संयोजक खड्काले अहिले गठबन्धन पूर्ण रुपमा राष्ट्रपति निर्वाचनमा केन्द्रीत रहेको बताए । खड्काले भने ‘हामी सत्ताका विषयमा, भागबन्डाका विषयमा केन्द्रीत छैनौँ । अहिले हामी पूर्ण रुपमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रीत छौँ,’ ।

राष्ट्रपति निर्वाचनपछि भागबन्डा लगायतका विषयमन छलफल हुने संयोजक खड्काले बताए । खड्काले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल अत्यधिक मतले विजयी हुने बताएका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %