२५औँ वर्षगाँठमा दूरसञ्चार प्राधिकरण

Read Time:2 Minute, 33 Second

काठमाडाैं
फाल्गुण २०, २०७९
राज्यसत्ता संवाददाता
नेपाल दूरसञ्चार प्राधिकरण २५ वर्ष गाँठमा प्रवेश गरेको छ । दुर सञचार २०५४ साल फागुन २० गते स्थापना भएको थियाे । प्राधिकरणले शनिबार आफ्नो रजत जयन्ती मनाएकाे छ । सरकारले नेपालको दूरसञ्चार क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गरी दूरसञ्चार सेवाको विकास एवं विस्तार गर्दै सेवालाई सर्वसुलभ र भरपर्दो बनाउने मुख्य उद्देश्यका साथ दूरसञ्चार ऐन, २०५३ र नियमावली, २०५४ ल्याएको थियो ।

दूरसञ्चार ऐन, २०५३ र नियमावली, २०५४ ले व्यवस्था गरेअनुसार समग्र दूरसञ्चार क्षेत्रको नियामक निकायका रूपमा २५ वर्षअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना भएको अध्यक्ष पुरुषोत्तम खनालले बताए । खनालले भने ‘हामी दूरसञ्चार प्राधिकरणको रजत जयन्ती मनाउँदै छौँ,’ उनले भने, ‘यसलाई प्राधिकरणको रजत जयन्ती मात्रै होइन, समग्र दूरसञ्चार विकासको प्रस्थान बिन्दुको जयन्तीका रूपमा मनाउन सकिन्छ ।’

‘नेपाल दूरसञ्चार ऐन, २०५३’ र नियमावली २०५४ लाई नै नेपालको दूरसञ्चार क्षेत्रको विकासको सुरुवात बिन्दु भएको खनाल बताउँछन् । ‘सोही ऐनले निजी क्षेत्रको लगानी तथा सीपलाई खुला गर्‍यो, प्रतिस्पर्धा बढायो,’ खनालले भने, ‘अनि क्रमशः दूरसञ्चार विकास हुँदै गयो । दूरसञ्चारले आफूलाई मात्रै विकास गराएको छैन, अर्थतन्त्रका सबै क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान गर्दै आएको छ ।’

गत वर्षको वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणकाे हाल नेपालमा पाँचवटा भ्वाइस सेवाप्रदायक छ भने २२ वटा नेटवर्क सेवाप्रदायक, एक सय ३७ वटा इन्टरनेट सेवाप्रदायक, दुईवटा जिएमपिसिएस र एउटा इन्टरनेसनल ट्रंक टेलिफोन सेवाप्रदायकले अनुमति प्राप्त गरी सञ्चालनमा रहेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %