
फाल्गुन २०, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको छ । उनकाे माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हाे । सराेजकुमार नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य रहेकाे सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिएका छन् ।
नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवका अनुसार सराेजकुमार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका थिए । उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
घटनाबारे छानबिन भइरहेको श्रीवास्तवले बताएका छन् । पेशाले उनी इन्जिनियर थिए । सराेजकुमार उपाध्याये पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।
छतबाट लडेपछि उपाध्यायलाई घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । पछि थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।
