
फेवातालमा डुंगा पल्टिँदा एक वृद्धाको मृत्यु
फाल्गुन २०, २०७९
राज्यसत्ता संवाददाता
गण्डकी — पोखरामा शनिबार दिउँसो ४:१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा १ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीया याममाया गिरीको डुंगा दुर्घटनामा परी घाइते भएकि थिईन । उनलाई गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिएका छन् ।
डुंगामा सवार ६ जनामध्ये अन्य ५ जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

