‘कोशी प्रदेश’ नामकरण गरिएकोमा राँके जुलुस सहित जलायो

Read Time:2 Minute, 48 Second

प्रदेश नं.१ काे नाम प्रदेश सभाबाट कोशी प्रदेश नामाङ्कन गरिएकोले लिम्बुवान र किरात संयुक्त सङ्घर्ष समितिले विरोध गरि भानुचौकमा ‘कोशी प्रदेश’ नामाङ्कनलाई प्रतिकात्मक रूपमा जलाएकाे छ । पहिचानवादी राजनीतिक दलका तथा सङ्घर्ष समितिका नेता कार्यकार्यहरुले हात हातमा ‘कोशी प्रदेश’ नाम लेखिएको फोटोकपी जलाएका थिए ।

कोशी प्रदेश नामाकरण गरिएको विरोधमा नाराबाजी गर्दै शान्ति पथबाट निस्किएको राँके जुलुस भानुचौकमा आएर समापन भएको थियो । राँके जुलुसमा प्रदर्शनकारीहरूले भानुभक्तको शालिक वरिपरि उभिएर करिब आधा घण्टा नाराबाजी गरे । प्रदर्शनकारीहरूले कोशी प्रदेश, खारेज गर, कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश मान्दैनौँ, लिम्बुवान, किरात नामकरण गर लगायतका नाराबाजी गरेका थिए ।

जुलुस नाराबाजी कोणसभामा परिणत भएको थियाे । संयुक्त सङ्घर्ष समितिका अगुवा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले पहिचान विरोधी तथाकथित ठुला पार्टीहरूले कायरतापूर्वक प्रदेश सभालाई बन्दी बनाएर कोशी प्रदेश नामकरण गरेकोमा भर्त्सना गर्दै कोशी नाम कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

प्रदेशको नाम लिम्बुवान, किरात घोषित गर्नुपर्ने नत्र सडक आन्दोलनबाट उद्घोष गर्न बाध्य बनाउने धारणा व्यक्त गरेका थिए । प्रदेशवासीले कोशी नाम अपनत्व गर्न नसक्ने र यसले प्रदेशवासीमा विभाजन, द्वन्द्व बढाउन षडयन्त्रपूर्वक नामकरण गरिएको बताए ।

कोशी नामले भारतीयपन झल्काउने उल्लेख गर्दै उनले भने ‘भारतीय कोसी नदीमा तपस्या गरेका भारतीय कौशिकी ऋषिको नामबाट कोशी बनेकाले उनैको भक्तिभावका लागि प्रदेशको नाम राखिएको हो ।’ यस कारण कुनै पनि अवस्थामा ऐतिहासिक पृष्ठभूमिप्रति माया रहेका पहिचानवादी नेपालीहरूलाई यो कुरा मान्य नहुने उनको भनाई थियो ।

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %