
फाल्गुन १७, २०७९
प्रदेश नम्बरकाे हिसाबले १ नम्बर तर नामाकरणकाे हिसाबले कान्छाे प्रदेश नं. १ काे नाम अब कोशी प्रदेश न्वारन गरिएकाे छ । प्रदेश १ काे नाम काेशि प्रदेशसभाबाट पारित भएको छ । प्रदेश नं. १ काे नाम कोशी प्रदेश हुनुपर्छ भन्ने पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारले उक्त संशोधन प्रस्ताव टेबल गरेका थिए । टेबलपछि बहुमत ध्वनी मतले अस्वीकृत भएका थिए ।
कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका थिए ।
प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ ।
