एमाले-राप्रपा सहकार्य जारी राख्ने र प्रदेश १ मा राप्रपाले तत्काल सरकारबाट नबाहिरिने

Read Time:1 Minute, 40 Second

२०७९ फाल्गुण १४
राज्यसत्ता संवाददाता

राष्ट्रपति निर्वाचनकाे कारणले केन्द्रीय राजनीतिमा फेरबदल आएको छ । यसैकै कारण राप्रपाले शनिबार संघ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यही निर्णयअनुसार राप्रपा संघीय सरकार र केही प्रदेश सरकारबाट बाहिरि सकेको छ। राप्रपाले प्रदेश १ मा भने तत्काल सरकार नछाड्ने भएको छ ।

राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताएका छन् । सिटाैलाले भने, ‘प्रदेश १ को राजनीति विशिष्टिकृत छ, त्यसैले तत्काल सरकारबाट छाड्ने परिस्थिति बनेको छैन।’

आज बेलुका पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि उनले जानकारी दिए। प्रदेश १ प्रदेश सभामा राप्रपाका ६ सदस्य छन्।

राप्रपाले नेकपा (एमाले) सँग सहकार्य जारी राख्ने भएको छ। एमाले र राप्रपाकाे प्रदेशमा जम्मा सिट ४६ सदस्य छन्। कुल ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सदस्य चाहिन्छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %