
आम आदमी पार्टीकी शेली ओबेरोय बुधबार नयाँ दिल्लीको मेयरमा निर्वाचित भएकी छन् । नयाँ दिल्लीमा मेयरको लागि कुल २६६ थियाे । कुल मत मध्ये, आँप(AAP) काे उम्मेद्वार शेली ओबेराेयेले १५० मत प्राप्त गरिन भने भारतीय जनता पार्टी(भाजपा)कि उम्मेदवार रेखा गुप्ताले ११६ मत प्राप्त गरे । आपले दिल्लीका मतदाताहरूलाई फेरि पनि पार्टीलाई विश्वास गरेकोमा धन्यवाद दिएकाे छ । सिभिक सेन्टरमा मतदान भएको थियो । “गुंडा हारे, जनताले जिते।´फेरि पनि दिल्लीका जनतालाई हृदयदेखि नै धन्यवाद दिईएकाे छ । दिल्ली नगर निगममा आम आदमी पार्टीका उम्मेदवार मेयर भएकाले सबै कार्यकर्ताहरूलाई धेरै धेरै बधाई भनेकाे छ ।
