रामचन्द्र पाैडेलकाे भनाइअनुसार पुरानै गठबन्धन नेचुरल हुने निष्कर्ष

Read Time:1 Minute, 53 Second

फाल्गुन ७, २०७९
रज्यसत्ता संवाददाता
काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानो पाँच दलीय गठबन्धन निरन्तर हुनुपर्ने बताएका छन् । गठबन्धन काङ्ग्रेस र माओवादी बिचनै हुने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा र पाैडेल आइतबार राति प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए । पौडेलले बैठकमा सकेसम्म राष्ट्रिय सहमतिहुनुपर्ने र नभए विगतमा संविधानको रक्षार्थ उभिएका शक्तिहरु मिलेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

प्रधानमन्त्री दाहालले पनि पाैडेलले राखेकाे विषय उचित भएको बताए । प्रचण्डले पुरानै पाँच दलीय गठबन्धन नेचुरल हुने बताएका छन् ।

बैठकमा देउवाले विगतमा भएको असमझदारीलाई भुलेर नयाँ सिराबाट अघि बढ्न प्रस्ताव गरेका छन् ।नेता पाैडेलले भने ‘पहिले जे–जे भयो, अब मिलेर अघि बढौं भनेका छौं । पाँच दलको गठबन्धन ब्युँताउने विषयमा सकारात्मक छलफल भएको छ,’ ।

नेता पौडेलका अनुसार राष्ट्रपतिको निर्वाचनमा सहकार्य गरेबापत प्रधानमन्त्री दाहालले सरकारका विषयमा कुनै पनि सर्त राखेका छैनन् । पाैडेलले भने ‘अहिले सरकारका विषयमा छलफल भएको छैन । राष्ट्रपतिको निर्वाचनमा सहकार्य गर्नका लागि प्रधानमन्त्रीले कुनै सर्त राख्नुभएको छैन,’ । सबैसँग छलफलपछि एक दुई दिनमै टुंगो लाग्छ भन्ने लाग्छ ।’

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %