नुवाकोट बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र २३ जना घाइते

Read Time:1 Minute, 16 Second

फाल्गुन ४, २०७९
काठमाडौँ —बिहीबार नुवाकोटमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए। घटना विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परि मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र अन्दाजी ५० वर्षीया सीतादेवी अर्याल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका २३ जनाकाे जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको डीएसपी खगेन्द्र खड्काले बताए । डीएसपी खड्काका अनुसार बस सडकबाट २० फिट तल खसेको थियाे । बस चालक फरार छन् भने सहचालक प्रहरीको सम्पर्कमा छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %