खाना पकाउने ग्याँसको सिलिन्डर लिक हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद घाइते।

Read Time:4 Minute, 49 Second

फाल्गुन ४, २०७९
राज्यसत्ता संवाददाता,

पछिल्ला तीन वर्षमा मात्रै खाना पकाउने ग्यास सिलिन्डर लिक भएर/पड्किएर हुने आगलागीमा परी काठमाडौं उपत्यकामा मात्रै ९ जनाको ज्यान गएको छ भने देशभर ४२ जना घाइते भएका छन् ।

काठमाडौँ — हिजाे २०७९ फाल्गुन ३ गते खाना पकाउने ग्याँसको सिलिन्डर लिक भएर आगलागी हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीकी आमा हरिकला भण्डारीको जलेर मृत्यु भएकाे छ । सांसद चन्द्रकान्त भण्डारी पनि घाइते भएका छन् । सांसद भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । आगलागीबाट जल्दा भण्डारीका आमा हरिकला ७० प्रतिशत जलेकी थिइन् भने सांसद भण्डारीको शरीरमा लगभग ३० प्रतिशत भाग जलेको थियो ।

आमाछाेरा दुवै जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएर उपचार गरेकाे थियाे।
सांसद भण्डारी जलेर उपचारका लागि भारतकाे बम्बई लैजादै गर्दा बिहीबार बिहानै दाङमा पनि खाना पकाउने ग्यास सिलिन्डर पड्किएर दुई जना घाइते भए । दाङ जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका १६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा ग्यास पड्किएर आगलागी भएको थियो । ग्याँस पड्केर ५० वर्षीया कुसुम केसी र चितवन घर भई त्यहाँ बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएकाे प्रहरिले जनाएको छ । उनिहरूकाे हात र खुट्टा जलेकाे छ । हाल उनीहरू उपचार गरिरहेका छन् ।

नेपाल प्रहरीका अनुसार ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा पछिल्लो तीन वर्षमा मात्रै काठमाडौं उपत्यकामा नौ जनाको ज्यान गएको जनाएको छ । प्रहरिका अनुसार देशभर ४२ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्मको अवधिमा काठमाडौं र ललितपुरमा मात्रै ग्यास लिक भएर नौ जनाको ज्यान गएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।

डिआईजि पाेषराजका अनुसार ‘आगलागीका घटना त धेरै हुन्छन् । धेरैजसो आगलागीमा ग्यास लिक भएको कारण पनि हुन्छ । तर, त्यतिमात्रै कारणले मानवीय र भौतिक क्षति भएको घटनाको रेकर्ड हेर्दा यस्ता घटनाको संख्या ३४ छ,’ उनले भनेका छन्, ‘ती घटनामध्ये काठमाडौं उपत्यकामै धेरैको ज्यान गुमेको देखिन्छ । काठमाडौं र ललितपुरमा मात्रै ९ जनाको ज्यान गएको छ ।’

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ग्यास लिक भएर/पड्किएर १० वटा घटना भए । १० वटा मध्ये ६ वटा घटना काठमाडौं उपत्यकामै भएकाे थिए । साे घटनामा परी काठमाडौंमा तीन जनाको ज्यान गएको थियो भने देशभर गरी १० जना घाइते भएका थिए ।

आर्थिक वर्ष २०७८/०७९ मा यस्तै प्रकृतिका १३ वटा घटना भयाे र घटनामा परी ५ जनाको मृत्यु भयो भने १६ जना घाइते भएका थिए । यो वर्ष ग्यास लिक भएर आगलागीका ११ वटा घटना भइसकेकाे र एक जनाको ज्यान गएको छ भने सांसद भण्डारीसहित जम्मा १६ जना घाइते भएका छन् ।

डिआईजि एवं प्रवक्ता पोखरेल प्रहरीको रेकर्ड अनुसार आगलागीका घटनामध्ये अधिकांशको लापरबाही प्रमुख कारण हुने गरेको बताए । ‘हामीले विशेष अनुसन्धान वा अध्ययन गरेका छैनौँ तर सामान्यतः उपभोक्ताको लापरबाहीले धेरैजसो घटनाहरू भइरहेको रेकर्डमा देखिन्छ,’ पाेखरेलले भने, ‘यसमा ग्यास सिलिन्डर कम्पनीको लापरबाही कति कारक हो भनेर अनुगमन र अध्ययन हुनुपर्ने देखिएको छ ।’

ग्याँस उपभोक्ताले ग्यास खोलेर छाड्ने, रेगुलेटर बेलाबेलामा नफेर्ने सरसफाई नगर्ने, ग्याँस पाईप परिवर्तन नगर्ने आदि कारणले आगलागीका घटना हुने गरेकाे छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %