
फाल्गुन १, २०७९
राज्यसत्ता संवाददाता
लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र परित्याग गरेकि राजिनामा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनसमक्ष २०७९ माघ २४ बुझाएकी छिन् ।
खत्रीले लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेले पनि पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो गर्दै राजिनामा बुुझाएकि हुन् । कुमारी खत्री दाङ ३ (ख) बाट निर्वाचित एमाले प्रदेशसभा सदस्य तथा खत्रीका श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उनी उपनिर्वाचनमा प्रदेशसभा सदस्यको टिकट पाएर विजयी भएकी थिइन् । पछि सरकार निर्माणका क्रममा उनले माओवादी केन्द्रलाई साथ दिएकी थिईन । त्यतिबेला खत्रीले शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न भूमिका खेलेकी थिइन् ।
शङ्कर पाेखरेलकाे सरकार ढलेपछि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री हुँदा उनी स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । खत्रि राज्यमन्त्री नै हुँदा तुलसीपुरस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी श्रीमती र बालबालिकामाथि हातपात गरेको आरोप लागेको थियो । एकराज बस्नेतको श्रीमती र बालबालिकामाथि हातपात गरेको आरोप लागेपछि उनलाई पार्टीले राज्यमन्त्रीबाट राजीनामा दिन लगाएको थियो । उनले राजीनामा पत्रमा सापटी लिएको पैसा फिर्ता माग्न जाँदा पार्टीले मन्त्रीबाट राजीनामा दिन लगाएको गुनासो गरेकी छन् ।
खत्रीको श्रीमान एमालेबाट निर्वाचित सांसद थिए । उनि एमाले त्यागि माओवादी बनि सहयाेग गर्दा पनि भूमिकाविहीन बनाएको उनले राजीनामापत्रमा उल्लेख गरेकी छन् । उनले राजिनामा पत्रमा लामो समयसम्म पनि पार्टीले बेवास्ता गरेको र कुनै पनि जिम्मेवारी नदिएका कारण साधारण सदस्यबाटसमेत राजीनामा दिएको उनले उल्लेख गरेकी छन् ।
