राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबिच भेट

Read Time:1 Minute, 25 Second

फाल्गुन १,२०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । विनयमाेहन क्वात्रा दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका हुन् । विदेश सचिव क्वात्रा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका थिए ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार राष्ट्रपति भण्डारीसँगकाे भेटकाे अवसरमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट शुभकामना सन्देश पनि सुनाएका थिए ।
राष्ट्रपति भण्डारीलाई भेट्नुअघि विदेशसचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेटेका थिए । सोमबार नै परराष्ट्र सचिवस्तरीय बैठकमा समेत उनी सहभागी थिए । परराष्ट्र सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याललगायतका अधिकारी बैठकमा उपस्थित थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %