वैशाख १० गते चितवन-२ मा उपनिर्वाचन

Read Time:1 Minute, 45 Second

माघ २९, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय निर्वाचन आयोगको आइतबार बसेको बैठकले गरेको हो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर रबि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि साे क्षेत्रकाे प्रतिनिधि सभा सदस्य रिक्त रहन गएको थियाे । आयोगले रिक्त रहेको साे पदमा २०८० वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको हो । आगामी वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्नेछ । मनोनयन दर्ता चैत २० गर्ने कार्यतालिका तोकिएको छ ।

आयाेगकाे प्रेश विज्ञप्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %